प्रधानन्यायाधीशबारेको विवादप्रति गम्भीर छाैं, यो अन्तर्राष्ट्रियकरण भइसक्यो : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीशलाई लिएर सर्वोच्च अदालतमा जारी विवादले गम्भीर स्थितिको रूप लिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै दाहालले सर्वोच्च अदालतमा जारी विवादले गम्भीर रुप लिएको बताएका हुन् ।

प्रधानन्यायाधीशलाई लिएर जारी विवाद राज्य प्रणालीसँग जोडिएको दाहालको भनाइ थियो । 'स्थिती गम्भीर भएको छ । यो न्यायपालिकाको मात्रै कुरा होइन, यो समग्र हाम्रो राज्यप्रणालीसँग सम्बिन्धत कुरा हो,' उनले भने, 'यो पटक यसलाई हामीले सम्बोधन गर्न सकियो भने न्यायपालिकामा त एउटा गुणात्मक सुधारको प्रक्रिया यही बिन्दुबाट सुरु हुनसक्छ । यो एउटा यस्तो बिन्दु हुनसक्छ जहाँबाट न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसंगतिहरूको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढंगले जाने बिन्दु यो हुनसक्छ ।'

पूरा पढ्न : सर्वोच्च अदालतको विवाद गम्भीर : दाहाल

प्रकाशित : मंसिर १५, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्

अविताको फास्ट-फर्वाड ल्यापटप सिरिज नेपाली बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अविताले नेपाली बजारमा पनि ल्यापटप ल्याएको छ । एसेन्सियल, म्यागस २ इन १ र प्यूरा ई सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ – ‘लाइवर भी १४’ ल्यापटप सिरिज नेपाली बजारमा भित्रिएका हुन् ।

सबै ल्यापटप २ वर्षको अन–साइट वारेन्टीसहित आउने तथा म्यागस २ इन १ मा २ वर्षको क्यारी–इनवारेन्टी आउने कम्पनीले जनाएको छ ।

अमेरिका, हङकङ, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया र भारतजस्ता देशमा सफलतापूर्वक बजार विस्तार गरेको कम्पनीले अब नेपालमा पनि लाइफस्टाइल टेक ब्रान्ड सहित व्यापार विस्तार गर्ने भएको हो । यी ल्यापटप हल्का, अल्ट्रा–पोर्टेबलजस्ता विशेषताले भरिपूर्ण रहेकोले युवालाई आकर्षित गर्ने कम्पनीको दावी छ । अविताका क्षेत्रीय व्यापार निर्देशक सीमा भटनागरले भने ‘हामी विशिष्ट सिरीजका ल्यापटप ल्याउनेछौा जसले ग्राहकमा बढ्दो माग सिर्जना गर्नेछ ।’


प्रकाशित : मंसिर १५, २०७८ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×