जसको रगतमा हार छैन

काठमाडौँ — विश्वविख्यात विदेशी आरोहीले सगरमाथासहित ८ हजार मिटर अग्ला विश्वका १४ हिमचुचुरा एकसाथ आरोहण गर्न लगाएको ८ वर्षको रेकर्डलाई ७ महिनामै तोडेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पुर्जा अर्को खुसी साट्न लन्डनबाट नेपाल ओर्लिएका छन् ।विश्वका १४ वटा अग्ला हिमचुचुरामाथि टेक्ने उनको महत्त्वाकांक्षी सातमहिने योजनालाई पछ्याउँदै अमेरिकी र बेलायती फिल्ममेकरद्वारा निर्मित ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री विश्वका ३१ भाषासहित नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) बाट सोमबार विश्वभर प्रदर्शनमा आउँदै छ ।

जसको रगतमा हार छैन

साहसिक हिमाल आरोही नेपाली पात्रलाई पछ्याउँदै अमेरिकी निर्माता टर्किल जोन्स् तथा बेलायती निर्माता जिम्मी चिन र एलिजाबेथ चाइ वासार्हेलीलगायतको टिम यो डकुमेन्ट्रीमा जोडिएका छन् । डकुमेन्ट्री मेकर जिमी र एलिजाबेथ ओस्कार पुरस्कारको स्वाद लिइसकेका हस्ती निर्माता हुन् । नेपाली कथा र पात्रमाथि ओस्कारलगायतका चर्चित पुरस्कारसँग जोडिएका निर्देशक र निर्माता यसअघि नभएको दाबी गर्दै पुर्जाले आफ्नो कथा बोकेको डकुमेन्ट्री ओस्कार फिचर फिल्म विधामा पुरस्कारको प्रतिस्पर्धामा रहेको सुनाए ।

३८ वर्षअघि धौलागिरि हिमालको फेदीमा जन्मे, हुर्केका म्याग्दीका पुर्जाले २०७६ वैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको ‘प्रोजेक्ट पोसिबल’ अभियान ०७६ कात्तिक १२ मा चीनको सिसापाङ्मा हिमाल आरोहण गरेर टुंगिएको थियो । बोतल–अक्सिजनको सहायतामा १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण सात महिनामा कसरी सम्भव भयो ? धेरैपटक झन्डै मृत्युको नजिकबाट अनुभव बटुलेका अनि खर्चको चाँजोपाँजो मिलाउन नसक्दा रोएका पुर्जाबारे बनाइएको वृत्तचित्र विश्वका १ सय ९१ मुलुकका कम्तीमा २१ करोड नेटफिल्क्सका पेड–मेम्बर (सशुल्क सदस्य) माझ प्रदर्शन हुँदै छ ।

प्रकाशित : मंसिर ११, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?