फुटबल मैदानको आधा जत्रो मञ्‍च- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबल मैदानको आधा जत्रो मञ्‍च

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सञ्चालनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च निर्माण कार्य धमाधम भइरहेको छ । 

बाढीले क्षति पुर्‍याएको नारायणी नदीको तटलाई सम्याएर एमालेले मञ्च निर्माण गरेको हो । मंसिर १ गतेबाट सम्माएर मञ्च बनाउने सुरु गरिएको थियो । शुक्रबार हुने उद्घाटन कार्यक्रममा ५ लाख मानिस उतार्ने दाबी एमालेले गर्दै आएको छ ।

दुई तले हुने मञ्च १ सय २० फिट लामो र ६० फिट चौडा रहेको छ । यसको आधारमा फुटबल मैदानको आधा हुने छ ।

व्यवस्थापन कमिटीका संयोजक विनोद श्रेष्ठले मञ्चमा चार खण्ड हुने बताए । उनले बीचको खण्डमा एमाले स्थायी कमिटीका सदस्य तथा देशी विदेशी अतिथिहरुलाई राख्ने, एकतिर केन्द्रीय कमिटीका सदस्य, दायाँतर्फ सल्लाहकार परिषद्‌का सदस्य र ७२ जना कलाकारले एकै पटक कार्यक्रम प्रस्तुत गर्न सक्ने व्यवस्था गरिएको बताए ।

श्रेष्ठका अनुसार ५ सय मानिस अट्ने क्षमताको मञ्च निर्माण गरिएको छ । 'निर्माण कार्यमा स्वयंमसेवकहरु लागेको र सामग्री उद्घाटन र बन्दसत्रमा ५० लाख रुपैयाँ मञ्च निर्माण गर्न लाग्ने छ,' श्रेष्ठले भने ।

पाँचौ महाधिवेशनदेखिनै मञ्च निर्माण र व्यवस्थापनमा खट्दै आएका श्रेष्ठले भने, 'पाँचौदेखि आठौं महाधिवेशनसम्म यस्ता संरचना नेपालमा पाइने थिएन,' उनले भने, 'यो फिल्डिङ सिस्टमको मञ्च हो ।'

प्रकाशित : मंसिर ८, २०७८ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्

चार महिनामै व्यापार घाटा ५ खर्ब ६८ अर्ब

अर्थमन्त्री भन्छन् : बलपूर्वक आयात घटाउनुपर्ने हुन सक्छ
कान्तिपुर संवाददाता

काठमाडौँ — चार महिनामै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । स्वदेशमै उत्पादन गर्न सकिने बस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा उच्च दरले बढेको भन्सार विभागको तथ्यांक छ ।  गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब रुपैयाँ थियो ।

विभागको तथ्यांक अनुसार यस आर्थिक वर्षको चार महिनाको अवधिमा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु आयात भएको छ ।

आयात परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६१.५७ प्रतिशतले बढी हो । यद्यपि निर्यात पनि १ सय ४ प्रतिशतले बढेको छ । निर्यातको आकार निकै सानो हुँदा शत प्रतिशतले बढ्दा पनि व्यापार घाटामा त्यसको प्रभाव देखिन सकेको छैन । गत वर्ष चार महिनामा ४० अर्ब २० करोड रुपैयाँको बस्तु निर्यात भएकोमा अहिले बढेर ८२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । पाम र भटमासको कच्चा तेल आयात हुने र नेपालमा प्रशोधन गरी फेरि निर्यात हुने भएकाले निर्यातको वृद्धिदर उच्च देखिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पनि बढेको आयातप्रति असन्तुष्ट जनाएका छन् । बुधबार अर्थ मन्त्रालयमा बसेको यस आवको प्रथम प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति असन्तुष्टि जनाए । आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउँदै उनले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताए ।

सो बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए । उनले हुण्डीमार्फत् नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको दावी गरे ।


प्रकाशित : मंसिर ८, २०७८ १९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×