३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मैले उठ्ने-नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन : ओली

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा उम्मेदवार बन्ने कि नबन्ने भन्ने निर्णय गरिनसकेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, 'मैले उठ्ने, नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन ।'

मैले उठ्ने-नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन : ओली

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर उपाध्यक्ष भीमबहादुर रावलले आफूप्रति सम्मान, माया र स्नेह देखाएको पनि ओलीको भनाइ थियो । 'रावलजीले मलाई चुनौती दिनुभएको छैन । मप्रति उहाँले आदर, सम्मान, माया र स्नेह देखाउनुभएको छ । बढी खट्नुहुन्छ थकाइ लाग्ने हो कि भनेर त्यसो भए म उठ्छु भन्नुभएको हो,' उनले भने, 'उहाँले कुनै चुनौती भन्नुभएको छैन । सुझाव दिनुभएको छ । उहाँको स्नेहहपूर्ण सुझावबाट म प्रभावित छु । यो एकखालका मान्छेहरूले मन पराउने सुझाव पनि छ । मैले अध्यक्ष नउठेर बसिदिए हुन्थ्यो भन्ने बाहिरकाको पनि सुझाव छ ।'आफूले कसैलाई पनि सहमतिमा बस्न नभन्ने ओलीको भनाइ थियो । उनले कोही आफूविरुद्ध उम्मेदवार बने पनि नउठ्न भनेर दबाब नदिने बताए । उनले भने, 'मैले उठ्ने निधो गरें मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो स्वाभाविक रूपमा लिनुपर्छ ।'

आफूविरुद्ध कोही नउठे हुन्थ्यो भन्ने नलागेको ‌ओलीले बताए । उनले कसैलाई पनि सामान्य रूपमा पनि दबाब नदिने भन्दै करकाप र दबाब कसैलाई नदिने उनको भनाइ थियो । 'सामान्य रूपमा पनि दबाब दिने मनसाय छैन । कसैलाई दबाब हुने खालको व्यवहार अभिव्यक्ति मैले उठ्ने नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन । उठ्ने भए भने अरुलाई नउठ्न भन्दैन,' उनले भने ।

उनले पदाधिकारीमा सहमति गर्नका लागि आग्रह पनि नगर्ने बताएका छन् । 'मेरो आग्रहले पनि दबाब पुग्ने भएकाले सहमतिका लागि पनि आग्रह गर्दिनँ,' ओलीले भने, 'साथीहरु बिना करकाप सहमति गर्नुभयो भने राम्रो हो ।'

प्रकाशित : मंसिर ७, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?