प्रधानन्यायाधीश विवादबारे ओलीले भने- सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था देख्छु- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीश विवादबारे ओलीले भने- सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था देख्छु

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नपर्ने भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार र नेपाल बार एसोसिएसन विरोध प्रदर्शनमा रहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका छन् ।

सम्पादकहरूसँग मंगलबार अन्तरक्रिया गर्दै ओलीले भने, 'अमूक व्यक्ति, फलानो हटिदिएपछि यो सिलसिला अन्त्य होलाजस्तो लाग्दैन । म त सबैले राजीनामा गर्नुपर्ने खालको अवस्था देख्छु ।'अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको पनि उनको भनाइ थियो । त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने ओलीको ठहर थियो । अरु न्यायाधीशमाथि पनि प्रश्न उठेकाले सबैले राजीनामा गर्नुपर्ने उनले बताए । 'उहाँहरूप्रति प्रश्न उठिसकेपछि, सेटिङमा फैसला गरिसकेको देखिइसकेपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने,' उनले भने ।ओलीले थपे, 'फलानोले राजीनामा गर्दा हुन्छ भनेजस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण त्यति एउटा कुराले हट्ला जस्तो मलाई लाग्दैन ।'आफूलाई प्रधानमन्त्रीबाट हटाएर शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएकोप्रति ओलीले आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षकलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने दाबी गरेका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए ।

तस्बिर : कविन अधिकारी/कान्तिपुर


नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए ।

‘नेपालमा जति पनि पार्टी छन् । सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टी छन् । सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसंग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक बिचारलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन् । अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन,' नेता दाहालले भने ।

यसैले पनि शिक्षकहरू अझै सक्रियतापूर्वक समाजसेवामा लाग्नुपुर्ने उनले बताए । राजनीतिक रुपान्तरणमा उनीहरू लाग्नुपर्ने दाहालको भनाइ थियो । उनले भने,'म त के भन्छु भने शिक्षकहरू अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ । लागेर मात्रै हामी सामाजिक र राजनीतिक रुपान्तरणको महान अभियानमा देशलाई लैजान सकिन्छ । अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने विल्कुल गौण कुरा हो । त्यो सहायक कुरा हो । टेक्नीकल्ली तपाइँहरूलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बीचमा काम गर्ने वातावरण बनाइन्छ । बनाउनुपर्छ । तपाइँहरू द्विविधामा नरहनु होला ।’

तर शिक्षकलाई राज्यले अन्याय गरेको दाहालको भनाइ थियो । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण उनीहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनले बताए ।

उनले भनेका छन्, ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजिटिभमा बदल्नु छ ।'

शिक्षक-कर्मचारीलाई दलका पदाधिकारी र सदस्यबाट हटाउन आयोगको निर्देशन

यसअघि निर्वाचन आयोगले मंगलबार नै राजनीतिक दलहरूमा शिक्षक र कर्मचारीलाई सदस्यता नदिन भन्दै मातहतका कार्यालयलाई निर्देशन दिँदै विज्ञप्ति जारी गरेको छ । यसबीचमा विभिन्न स्कुलका शिक्षकहरू विभिन्न पार्टीका महाधिवेशनमा सहभागी हुँदा पठनपाठन नै प्रभावित बनेको समाचार आएका छन् । कतिपय स्कुलमा भने प्रअ नै महाधिवेशन प्रतिनिधि बनेका छन् ।

शिक्षकहरू महाधिवेशनमा भोट हाल्न गएपछि पठन-पाठन प्रभावित

प्रकाशित : मंसिर ७, २०७८ १७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×