कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनूस् : अध्यक्ष श्रेष्ठ

काठमाडौँ — नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गरेका छन् ।

प्रधानन्यायाधीशले पैसा लिएर फैसला गरेको सूचना भए उपलब्ध गराउनूस् : अध्यक्ष श्रेष्ठ

सोमबार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका हुन् । प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरूले विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायाधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको श्रेष्ठले बताए ।अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेस गरिने बताए । न्यायालयमा विकृति र विसंगति भइरहेको भन्दै कानसुन व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत ‘राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको’ आरोप श्रेष्ठको छ । अध्यक्ष श्रेष्ठले राज्यको महत्त्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

प्रकाशित : मंसिर ६, २०७८ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?