सबै अध्यक्षको मुख ताकेर बसेका छन् : पृथ्वीसुब्बा गुरुङ- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै अध्यक्षको मुख ताकेर बसेका छन् : पृथ्वीसुब्बा गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले सचिव पृथ्वीसुब्बा गुरुङले १० औं महाधिवेशनमा उपाध्यक्ष वा महासचिवमा आकांक्षा राखेका छन् । त्यसभन्दा तल्लो पदमा नउठ्ने उनको भनाइ छ । महाधिवेशन आउन केही दिन मात्र बाँकी रहँदा पनि को कुन पदमा उठ्ने भन्ने अन्योल भइरहेका बेला गुरूङले भने आफू महासचिव भएर काम गर्न सक्ने बताए ।

महाधिवेशनका सन्दर्भमा गुरूङसँग कान्तिपुरका मणि दाहाल र बबिता शर्माले गरेको कुराकानी :

प्रकाशित : मंसिर ६, २०७८ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्

बीमा सर्भेयरको तालिममा ‘खेताला सर्भेयर’ सहभागी, समितिद्वारा कारबाही

कान्तिपुर संवाददाता

काठमाडौँ — बीमा सर्भेयरको तालिममा एक व्यक्तिको नाममा अर्कै व्यक्ति (खेताला सर्भेयर) सहभागी भएको खुलेको छ । बीमा समितिले कात्तिक ११ देखि १५ गतेसम्म सञ्चालन गरेको सर्भेयरको तालिममा २ जना अर्कै व्यक्ति सहभागी भएको भेटिएको हो ।

समितिका अनुसार सर्भेयरको आधारभुत तालिममा सहभागी हुन पर्सा जिल्लाको वीरगञ्ज १६, निवासी सौरभ राज विष्टले आवेदन दिएका थिए । तर, तालिममा उनको नाममा काठमाडौं महानगरपालिका ३२ निवासी सुसन श्रेष्ठ सहभागी भएका थिए ।यस्तै, सोही तालिमका लागि आवेदन दिएका कास्की जिल्ला हंशपुर ४ का शिशिर सुवेदीका नाममा दार्चुला जिल्ला अपी ९ निवासी हेमराज भट्ट सहभागी भएका थिए ।

यसरी अनाधिकृत रुपमा एउटाको नाममा अर्को व्यक्ति सहभागी भएपछि समितिले चारै जनालाई आगामी पाँच वर्षसम्म बीमा समितिबाट सञ्चालन हुने सर्भेयर वा अन्य पेशागत तालिममा सहभागी हुन रोक लगाएको छ ।


प्रकाशित : मंसिर ६, २०७८ १४:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×