१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश २ सरकारमा जोडियो नेकपा एकीकृत

लामो रस्साकस्सीपछि नेकपा एकीकृतका दुई मन्त्रीले आइतबारदेखि सम्हाले कार्यभार

धनुषा — मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको नेकपा एकीकृतको सत्तारोहण आइतबार बल्ल पूरा भएको छ । दुई मन्त्रीको भाग लिँदै नेकपा(एस) आइतबार प्रदेश २ सरकारमा सहभागी भएका छन् ।

प्रदेश २ सरकारमा जोडियो नेकपा एकीकृत

नेकपा (एस) संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आइतबार बिहान पद तथा गोपनियताको शपथ गराएका छन् । महतोले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीका जिम्मेवारी पाएका छन् भने यादवले कानुन, न्याय तथा प्रदेशसभा मन्त्रीमा नियुक्त भएका हुन् । महतोलाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जनता समाजवादी पार्टीका मन्त्री रामनरेश रायलाई गत साता बर्खास्त गरेका थिए ।

धनुषा निर्वाचन क्षेत्र नं. ४(ख) बाट निर्वाचित महतो संविधानसभाका बेला संघीय सरकारका स्थानीय विकास राज्यमन्त्री समेत भएका थिए । सिरहा निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सांसद जितेका यादव अर्को मन्त्रालयको जिम्मेवारी पाएका हुन् । प्रदेशसभामा नेकपा(एस)को १३ जना सांसद छन् ।

केन्द्रमा बनेको गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी र नेकपा(एस)लाई सहभागी गराइएको छ । प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, समाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी ४ मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, उर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र माओवादी (केन्द्र) आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय पाएका छन् । नेकपा(एस)लाई पनि भागबन्डामै दुई मन्त्रालय दिइएको छ ।

प्रकाशित : मंसिर ५, २०७८ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?