कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

राजधानीमा छठको अन्तिम तयारी

दिपेन्द्र रोक्का

काठमाडौँ — राजधानीमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । छठका लागि नदी, तालतलैयामा रंगरोगन, सजावटको काम धमाधम भइरहेको छ । वाग्मती, विष्णुमती, मनोहरा, रानीपोखरी, कमलपोखरीलगायतका नदी तथा पोखरीमा सजाउने काम भइरहेको छ ।

राजधानीमा छठको अन्तिम तयारी

मंगलबार खरनाको दिन हो । जसमा परिवारका सबैजना जम्मा बुधबार र बिहीबार निराहार व्रत बस्छन् । बुधबार सज्यारख हुन्छ । बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्वको समापन हुन्छ । यही क्रममा गौरीघाटमा छठ पर्वको तयारी ९५ प्रतिशत सकिएको छठ पूजा समिति गौरीघाटका सचिव नवल किशोर यादवले बताए । उनका अनुसार वाग्मती खोला किनार सरसफाइ, टेन्ट र बत्ती राख्ने काम सकिएको छ । बुधबार बिहान छठी माताको मूर्ति राख्ने काम हुनेछ । यादवका अनुसार गौरीघाट क्षेत्रमा छठ व्यवस्थापन गर्न लाग्ने लागत १५ देखि १६ लाख रुपैयाँ रहेको छ । यसमा सर्वसाधारण, पशुपति विकास कोष, वाग्मती सरसफाइ अभियान, छठ पूजा समितिहरूले सहयोग गर्छन् । गत वर्ष कोरोना महामारी फैलिँदो र लकडाउनका कारण पनि धेरै मानिसहरूले तालतलैयामा गएर छठ मनाउन पाएनन् । यस वर्ष सबै भक्तालुले अनिवार्य मास्क लगाउन पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने छ । भक्तालुको स्वास्थ्यमा केही समस्या आइहालेमा प्राथमिक उपचारका लागि हेल्थ डेस्कको व्यवस्था गरिएको यादवले जानकारी दिए । जाग्राम बस्ने ब्रतालुहरूलाई दाउरा, टेन्ट र बत्तीको व्यवस्था गरिएको छ ।

प्रकाशित : कार्तिक २३, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?