२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

काठमाडौंमा मंगलबारदेखि ३ दिनसम्म एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप दिइँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबारदेखि काठमाडौंमा एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप दिइएको छ । यो खोप कात्तिक ९ देखि ३ दिनसम्म दिइन लागिएको हो । खोप लगाउनका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा मानिसहरूको बाक्लै भिड देखिन्थ्यो । खोप बिहान १०:०० बजे देखि बेलुकाको ४ : ०० बजे लगाइएको थियो ।

काठमाडौंमा मंगलबारदेखि ३ दिनसम्म एस्ट्राजेनेकाको दोस्रो मात्राको खोप दिइँदै 

काठमाडौंको मूलपानीस्थित मूलपानी नगर अस्पतालमा कार्यरत कर्मचारीका अनुसार उनीहरूको खोप केन्द्रमा १० हजार मात्राको खोप आएको छ । खोप नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, वीर अस्पताल रत्नपार्क, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथली र निजामती कर्मचारी अस्पताल बानेश्वरमा गएर लगाउन सकिनेछ । स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउन जाँदा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र विद्युतीय दर्ता अनिवार्य गर्न अनुरोध गरेको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?