१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानन्यायाधीशबारे हामीलाई चिन्ता छ : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशबारे आफूहरुलाई चिन्ता रहेको बताएका छन् । उनले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको पनि बताए ।

प्रधानन्यायाधीशबारे हामीलाई चिन्ता छ : पौडेल

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले न्यायलयमा बनेको असहज परस्थिती चिन्ताजनक भएको बताउँदै आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको पनि बताए ।

उनले भने, 'प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ । न्यायलयमा जुन किसिमको असहज परिस्थिती बनेको छ त्यो न्यायलयको आन्तरिक मामिला हो । हामीले राजनीतिक हस्तक्षेप गर्न चाहेको हैन । तर यो चिन्ताजनक हो ।'

प्रकाशित : कार्तिक ९, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?