१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप आइपुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप काठमाडौं आइपुगेको छ । कतार एयरलाइन्सको जहाजबाट सोमबार बिहान पौने ९ बजे १ लाख ६२० डोज फाइजर त्रिभुवन विमानस्थल आइपुगेको हो ।

अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप आइपुग्यो

यसअघि अमेरिकाले जुलाई १२ मा १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । यो एमआरएनए कोभिड-१९ खोप हो । अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी हुने जनाएको छ । अन्य अनुसन्धानले पनि यो खोप ९५ प्रतिशत प्रभावकारी हुने देखाएका छन् ।


प्रकाशित : कार्तिक ८, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?