१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिन्छ : खेलकुदमन्‍त्री गहतराज

कान्तिपुर संवाददाता

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् ।

खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिन्छ : खेलकुदमन्‍त्री गहतराज

आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाचौं सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको बिदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताएका हुन् ।

उनले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए । मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताए ।

मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे । जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्नेछन् ।

प्रकाशित : कार्तिक ७, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?