२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

माओवादीले ३३ विभागको नेतृत्व टुंग्यायो, महरालाई प्रचार र राष्ट्रिय सुरक्षाको जिम्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३३ विभाग र १ प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ । स्थायी कमिटीको बिहीबारको बैठकले विभाग र प्रतिष्ठानको नेतृत्व चयन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीले ३३ विभागको नेतृत्व टुंग्यायो, महरालाई प्रचार र राष्ट्रिय सुरक्षाको जिम्मा

प्रत्येक विभागमा अध्यक्षसहित ३५ सदस्य रहने महराले बताए । त्यस्तै, सम्पर्क समिति गठन गर्ने र विपद् व्यवस्थापन विभाग गठन गर्नेबारे छलफल भएको उनले जानकारी दिए ।

प्रवक्तासमेत रहेका कृष्णबहादुर महरलाई दुई विभागको प्रमुख बनाइएको छ । महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभागको प्रमुख बनाइएको छ ।

त्यस्तै, पार्टी स्कुल विभागको नेतृत्व गिरिराजमणि पोखरेललाई दिइएको छ । उक्त विभागको नेतृत्वमा यसअघि पार्टी अध्यक्ष दाहाल थिए । दाहाललाई पार्टी स्कुल विभागको इन्चार्जको जिम्मेवारी दिइएको महराले बताए ।

पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको पनि प्रवक्ता महराले बताएका छन् । उनले अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने बताए । उनले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखिएको पनि जानकारी दिए ।

माओवादीको विभाग र प्रतिष्ठान प्रमुखहरूको नामावलीः

अर्थ तथा योजना विभाग : वर्षमान पुन

संगठन विभाग : जनार्दन शर्मा

विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ

प्रचार तथा प्रकाशन विभाग : कृष्णबहादुर महरा

उद्योग विभाग : वामदेव क्षेत्री

उपभोक्ता हित संरक्षण विभाग : मात्रिका यादव

विपद् व्यवस्थापन विभाग : सूर्य सुवेदी

कृषि तथा भूमिसुधार विभाग : हरिबोल गजुरेल

राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा

राजकीय मामिला विभाग : रेखा शर्मा

वन तथा वातावरण विभाग : शक्ति बस्नेत

विज्ञान तथा प्रविधि विभाग : गणेश साह

शिक्षा तथा मानवस्रोत विभाग : मायाप्रसाद शर्मा

श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव

संघीय संसदीय विभाग : देवप्रसाद गुरुङ

खानेपानी विभाग : बिना मगर

जलस्रोत तथा ऊर्जा विभाग : लिलामणी पोखरेल

कोष तथा आर्थिक विभाग : डोरप्रसाद उपाध्याय

निर्वाचन विभाग : खिमलाल देवकोटा

कानुन विभाग : मुक्ति प्रधान

पर्यटन विभाग : झक्कुप्रसाद सुवेदी

पार्टी स्कुल विभाग : गिरिराजमणी पोखरेल

प्रादेशिक मामिला विभाग : पर्शुराम तामाङ

पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा

युवा तथा खेलकुद विभाग : गणेशमान पुन

भौतिक पूर्वाधार विभाग : हरि अधिकारी

समाज कल्याण विभाग : सत्या पहाडी

सहकारी तथा गरिबी विभाग : धर्मदत्त देवकोटा

सहरी विकास विभाग : देवेन्द्र पौडेल

सामान्य प्रशासन विभाग : टेकबहादुर बस्नेत

साहित्य तथा कला विभाग : गोपाल ठाकुर

स्थानीय तह विभाग : उर्मिला अर्याल

स्वास्थ्य तथा जनसंख्या विभाग : कल्पना धमला

नीति अध्ययन प्रतिष्ठान : रामचन्द्र झा

प्रकाशित : कार्तिक ४, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?