धानबाली नष्ट हुँदा किसान मारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्षातका कारण कैलाली, कञ्चनपुरमा भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाले धानबाली सखाप पारेको हो । धानबाली क्षति भएपछि किसान चिन्तित छन् । धान वर्षाले भिजाएको र डुबाएको मात्रै होइन नदीले बगाएको समेत छ ।

धानबाली नष्ट हुँदा किसान मारमा

विगत केही दिनदेखि परेको बेमौसमी वर्षात्‌का कारण खेतमा काटेर सुकाउनका लागि राखिएको धान भिजेर नष्ट भएपछि किसान मारमा परेका छन् । खेती भित्र्याउने बेला अचानक अविरल वर्षा भएपछि धान खेतीमै जीवन निर्वाह गर्दै आएका किसान मारमा परेको छन् ।

सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्यांक छ । सुदूरपश्चिम प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन रहेको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । यस वर्ष समयमै मनसुन भएको हुँदा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको भए पनि निरन्तरको बेमौसमी झरीले उत्पादनमा ह्रास आउने आकलन गरिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?