माओवादीको टोलदेखि प्रदेशसम्मको सम्मेलन कार्यतालिका हेरफेर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले टोल, वडा, पालिका र प्रदेश कमिटीका सम्मेलनको कार्यकातालिका हेरफेर गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादीको टोलदेखि प्रदेशसम्मको सम्मेलन कार्यतालिका हेरफेर

'पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म गर्ने गरी कार्यतालिका हेरफेर गरिएको छ,' बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, 'त्यस्तै, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका (गाउँपालिका, नगरपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी समय थपिएको छ ।'

माओवादीले राष्ट्रिय सम्मेलन भने निर्धारित समयमै गर्ने भएको छ । प्रवक्ता महराले राष्ट्रिय सम्मेलनको मिति यथावत् रहेको बताए । माओवादीले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गतेका लागि तय गरेको छ ।

त्यस्तै, माओवादीले १ सय ४९ जनाको सल्लाहकार समिति, ९९ जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च, पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग र टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पनि गठन गरेको महराले जानकारी दिए ।

प्रकाशित : कार्तिक २, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?