टुँडिखेलमा फूलपाती बढाइँ- भिडियो - कान्तिपुर समाचार

टुँडिखेलमा फूलपाती बढाइँ

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैं पर्वको सातौं दिन मंगलबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ । बिहान दसैंघरमा फूलपाती भित्र्याएपछि नेपाली सेनाले हर्ष बढाइँ गरेको हो । टुँडिखेलमा अयोजित फूलपाती बढाइँ कार्यक्रममा सेनाको सलामी लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन् ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति नेपाली सेनाको परमाधिपति भएकोले राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकट्ठा बढाइँ गरेको छ । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।

बढाइँ कार्यक्रममा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो । कोरोना संक्रमण महामारीको कारण यस वर्ष पनि बढाइँ कार्यक्रम छोटो बनाइएको थियो भने उपस्थितहरुलाई स्वास्थ्यका मापदण्ड पालना गराइएको थियो ।

प्रकाशित : आश्विन २६, २०७८ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्

खोकनामा सिकाली जात्राको रमझम [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

ललितपुर — ललितपुरका खोकनाका स्थानीय बासिन्दाहरु इन्द्रायणी पर्वमा सहभागी भएका छन् । यो सिकाली जात्रा नामले प्रसिद्ध रहेको छ । स्थानीयहरुले दसैंको साटो यो पर्व मनाउने गरेका छन् । घटस्थापनाको दिन सुरु भएर फूलपातीको दिन पाँच दिन यो जात्रा सञ्चालन हुने गरेको छ । पर्वको अवसरमा स्थानीय बासिन्दाले कुल देवता पूजा गर्ने गर्दछन् ।


प्रकाशित : आश्विन २६, २०७८ १९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×