कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अदालतले राजनीति गर्ने होइन : महासचिव पोखरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले माहसचिव इश्वर पोखरेलले अदालतलाई राजनीति नगर्न चेतावनी दिएका छन् । आइतबार सञ्चारकर्मीसँग आयोजना गरेका चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अदालत संविधान अनुरुप नहिँडेको दाबी गर्दै उनले आपत्ति समेत जनाए ।

अदालतले राजनीति गर्ने होइन : महासचिव पोखरेल

उनले भने,‘जहाँसम्म अदालतको कुरा हो । अदालतले पोलिटिक्स गर्ने होइन । अदालत अदालत जस्तो हुनुपर्‍यो । अदालत संविधान अनुरुप राजनीतिक दलसम्बन्धि कानुन छ, त्यो कानुनलाई हेक्का राखेर चल्नुपर्ने हो । तर त्यस्तो भइराखेको छैन ।’

यस्तै, उनले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा समेत गरे । विधानमा पनि २ पटक भन्दाबढी एउटै पदमा उठन नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनको भनाइ थियो । महासचिव पोखरेलले आफूलगायतका पार्टीको लिडिङ रोलमा रहेका नेताहरु इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसावले पार्टी नेतृत्वका लागि स्वभाविक दाबेदार भएको पनि दोहोर्‍याए ।

मंसिरको दोस्रो साता पार्टीको दसौं राष्ट्रिय महाधिवेशन हुने र त्यसले पार्टी नेतृत्व चयन गर्ने उनले बताए । पोखरेलले पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको बताउँदै एमाले कांग्रेस वा अन्य दलसँग मिलेर गठबन्धन बनाउने पक्षमा भने नरहेको दाबी गरे ।

यस्त, उनले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन् । राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन् । उनले सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को ध्रुवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको सो पोललाई बलियो बनाउन जरुरी रहेको बताए ।

प्रकाशित : आश्विन २४, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?