खसीबोकाको मूल्य प्रतिकेजी ६४० रुपैयाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैंका लागि खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा प्रतिकेजी ६ सय ५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसीबोकाको मूल्य दसैंका लागि प्रतिकेजी १० रुपैयाँ छुट दिएर ६ सय ४० रुपैयाँमा बिक्री वितरण गरेको छ ।

खसीबोकाको मूल्य प्रतिकेजी ६४० रुपैयाँ

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसीबोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गरे । उनले खसीबोकाको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

प्रकाशित : आश्विन २३, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?