‘७० वर्ष पुगेपछि पद छोड्नुपर्छ, तर महाधिवेशनमा बोल्नै पाइएन’- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘७० वर्ष पुगेपछि पद छोड्नुपर्छ, तर महाधिवेशनमा बोल्नै पाइएन’

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेले हालै विधान महाधिवेशन सम्पन्न गरेपछि अब नेतृत्व चयनका लागि हुने राष्ट्रिय महाधिवेशनतर्फ ध्यान सोझिएको छ । विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विकल्प नेताको रुपमा स्थापित गर्ने कोसिस गरेको छ । तर विधान महाधिवेशनले ओलीलाई फेरि दोहोर्‍याउने मनोविज्ञान तयार गरे पनि पार्टीभित्र यो महाधिवेशनका क्रममा भएका गतिविधि र निर्णयहरूमा असन्तुष्टि पनि छ । विशेषगरी ७० वर्षे उमेरहदको व्याख्या र महाधिवेशन हलमा एकलौटी रुपमा टोली नेता छान्ने र ब्रिफिङ गर्न दिने शैलीले पनि केही नेताको मन कुँडिएको छ ।

यस्तै मध्येका एक नेता हुन् उपाध्यक्ष भीम रावल । विधान महाधिवेशन र आउँदो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा उपाध्यक्ष रावलसँग ईकान्तिपुरका मणि दाहाल र जयसिंह महराले गरेको कुराकानी :

प्रकाशित : आश्विन २१, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

ओरियन्टल होटलको नोक्सान २२ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — ओरियन्टल होटल (र्‍याडिसन होटल) ले गत आर्थिक वर्ष ०७७/७८ मा २२ करोड ५७ लाख रुपैयाँ सञ्चालन नोक्सान व्यहोरेको छ ।

मंगलबार सम्पन्न कम्पनीको २४ औं साधारण सभाले उक्त जानकारी दिएको हो ।

होटलले गत आवमा कूल आम्दानी १३ करोड १२ लाख रुपैयाँ गरेको छ भने सञ्चालन खर्च ३३ करोड ४२ लाख रुपैयाँ भएको बताएको छ । यसमा होटलको खुद नोक्सान भने २० करोड ३६ लाख रुपैयाँ रहेको उल्लेख छ ।

होटल नोक्सानमा जानुको कारण कोभिड–१९ ले गर्दा पर्यटकहरुको आगमन नहुनु रहेको जनाइएको छ ।

यसमा सरकारले जारी गरेको स्वास्थ्य निर्देशनअनुसार सभा, सम्मेलन, गोष्ठीलगायत बन्द रहनु पनि प्रखुख कारण मानिएको छ । होटलले नोक्सान व्यहोरेकै कारण लाभांश वितरणसमेत नगर्ने जनाएको छ ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×