१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

केही जिल्लामा क्रियाशील सदस्यता नटुंगिनु विडम्बना : सिंह

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु विडम्बना भएको बताएका छन् । सोमबार कांग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उनले महाधिवेशनको प्रक्रिया सुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु विडम्बना भएको बताएका हुन् ।

केही जिल्लामा क्रियाशील सदस्यता नटुंगिनु विडम्बना : सिंह

नेता सिंहले पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटी निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली कांगेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताए । उनले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताए । नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अनडेमोक्रेटिक कुराहरुको विरोधमा बोल्नु नहुने भनेर स्यालको हुइँयाजस्तो कराइरहेको बताए ।‘पार्टीको हाम्रो १४औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ, सुरु भएर पनि यसपटक महाधिवेशनको प्रक्रिया सुरु भइसक्यो तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन, १३ औँ महाधिवेशन जो नेतृत्व सम्हालेर बसिरहनुभएको छ,उहाँहरुले पार्टीको विधानअनुसार बहन गर्नसक्नुपर्ने काम उहाँहरुले गर्न नसकेको कुरा अहिले एकपछि अर्को घटनाहरुले प्रमाणित गरिरहेको छ, नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी भएकोले धाँधलीरहीत हुनुपर्नेमा जिल्लामा अहिले क्रियाशील सदस्यतामा जुन तलमाथि गर्ने, विधि प्रक्रिया पूरा नगरीकन गर्ने यस्तो बढी भइरहेको छ, दुःख लाग्ने कुरा केन्द्रिय सभापतिजीको जिल्लामा नै जिल्ला कार्यसमितिले गरेको निर्णयको खिलाफमा, जिल्ला कार्यसमितिलाई समावेश नै नगरी एकलौटी किसिमले निर्णय गर्ने, त्यसैले डेमोक्रेटिक पार्टीमा यस्तो असंवैधानिक कुराले न्याय गर्दैन ।’

नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको पनि बताए । १३औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने उनको प्रतिबद्धता थियो ।

प्रकाशित : आश्विन १८, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?