पारस शाहबाट प्रभावित हुँ, समर्थक हैन : भरतमणि पौडेल- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पारस शाहबाट प्रभावित हुँ, समर्थक हैन : भरतमणि पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — ताप्लेजुङका २७ वर्षीय भरतमणि पौडेलले 'कमेडी च्याम्पियन सिजन-२' उपाधि जितिसकेका छन् । पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्यारिकेचर गर्दै दर्शकको नजरमा परेका भरतमणिको 'पारस शाह'को नक्कल धेरैले रुचाइदिए । फरक-फरक कन्टेन्टमाथि हास्यव्यंग्य प्रस्तुत गर्न सक्ने खुबीले नै उनलाई विजेताको ताज पहिरिन सहयोग गर्‍यो  ।

व्यंग्यप्रति भरतमणिको झुकाव, उनले तयार पारेका कन्टेन्टलगायत विषयबारे ईकान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

प्रकाशित : आश्विन ५, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

जडिबुटी संकलनले मुगुमा जनगणना प्रभावित

राजबहादुर शाही

मुगु — मुगूम कार्मारोङ गाउँपालिकाकास्थित माथिल्ल्लो बस्तीका स्थानीय जडिबुटी टिप्‍न वनपाखातिर गएपछि जनगणना प्रभावित भएको छ । 

चितै, मुगु, डोल्फू, कार्ति, किम्री, महलगायत बस्तीका अधिकांस स्थानीय घरको ढोका नै बन्द गरेर कटुकी, भोल्ते, चिराइतो, वन लसुन कोर्न हिमाली भेगतिर उक्लिएपछि घरदैलोमा पुगेका गणकलाई घरधुरी संकलन गर्न गाह्रो भएको हो ।

गाउँपालिकाको माथिल्लो बस्तीका स्थानीय जडिबुटी संकलन गर्न वनतिर जाँदा जनगणना कार्य प्रभावित भएको जिल्ला जनगणना अधिकारी कृष्णप्रसाद चौलागाईंले बताए । विशेष गरी मुगु गाउँका कोही स्थानीय घरमा नहुँदा गणकलाई विवरण संकलन गर्न कठिन भएको चौलागाईंले बताए ।

भदौ ३० गतेदेखि जिल्लामा पहिलो चरणको जनगणना कार्य सुरु गरिएको छ । उक्त जनगणनाको निम्ति जिल्लाको चारवटा स्थानीय तहमा ५ महिला र १५ पुरुष गरी २० जना जनगणक परिचालन गरिएको जिल्ला जनगणनाको कार्यालय जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×