‘संविधानमाथि सांघातिक आक्रमण भयो’- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संविधानमाथि सांघातिक आक्रमण भयो’

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधानसभाबाट संविधान जारी भएको ६ वर्ष भएको छ तर संविधानका पक्षधरहरु नै यसका मूल विशेषता भत्काउन उद्यत देखिएका छन् । संविधानका विपक्षीहरुको मनोबल बढेको छ । आम नागरिकका अपेक्षा अझै पूरा हुन सकेका छैनन् ।




दुइटा संविधानसभाको कष्टप्रद यात्रा तय गर्दै जारी भएको संविधानलाई ६ वर्षमै किन यति धेरै निसाना बनाइयो ? संविधानमाथि कसबाट खतरा छ ? संविधानलाई कमजोर बनाउनेहरु को–को हुन् ? संविधान दिवसका सन्दर्भमा पूर्वराष्ट्रपति रामवरण यादवसँग कान्तिपुरका दुर्गा खनाल र ध्रुव सिम्खडाले गरेको कुराकानी:

प्रकाशित : आश्विन ३, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्

‘संविधान खराब होइन, कार्यान्वयनमा कमजोरी भएको हो’

कान्तिपुर संवाददाता

काठमाडौँ — संविधान जारी गर्ने प्रक्रियामा सबै घटनाक्रमका प्रत्यक्ष साक्षी हुन्– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ । संविधान जारी गर्दाका हरेक राजनीतिक उतारचढावलाई व्यवस्थापन गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

तर, जारी भएको ६ वर्ष पुग्दा पनि कार्यान्वयनमा दलहरूको भूमिका सन्तोषजनक नभएकैले अहिले संविधानमाथि संकट आउन थालेको चर्चा भइरहेको छ । यसै सन्दर्भमा नेम्बाङसँग कान्तिपुरका मणि दाहाल र जयसिंह महराले गरेको कुराकानी :

प्रकाशित : आश्विन ३, २०७८ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×