कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जर्जर बन्यो देशकै पहिलो विज्ञान क्याम्पस

काठमाडौँ — अमृत साइन्स क्याम्पस (अस्कल) देशको पहिलो विज्ञान विषय अध्ययन गराउने क्याम्पस हो । विज्ञान विषयमात्र पढाइने यो देशको एउटा मात्रै क्याम्पस पनि हो । यो क्याम्पस २०१३ साल असोज १ गते स्थापना भएको हो । हाल क्याम्पस स्थापना भएको ६५ औं वर्ष पुगेको छ ।काठमाडौंको सोह्रखुट्टे–लैनचौर सडकको लगभगबीच भागमा स्थित अस्कल । यस क्याम्पसको पछाडी भने ठमेल क्षेत्र पर्छ । नेपालको शिक्षा व्यापारमूखि हुनु अघि यो क्याम्पसको महिमा कस्तो थियो भनेर बयान गर्न पनि कठिन हुन्छ ।

जर्जर बन्यो देशकै पहिलो विज्ञान क्याम्पस

अस्कलको शान भनेकै यहाँबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरू हुन् । यहाँ पढेकाहरू देशका ख्यातिप्राप्त डाक्टर, इन्जिनियर, नेताहरू छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वविज्ञान मन्त्री गणेश साह, राप्रपा नेता कमल थापा, डा. उपेन्द्र देवकोटा (स्वर्गीय)लगायत देशले मात्रै होइन विश्वले नै मानेका चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापकहरू यही क्याम्पसका पूर्वविद्यार्थी हुन् ।नेपालमा विज्ञान विषयको उच्च अध्ययन भन्ने बित्तिकै सबैले आदर पूर्वक सम्झने नाम थियो अस्कल । मानव सभ्यतालाई आधुनिक विश्वसँग जोड्ने शिक्षा नै प्राकृतिक विज्ञान विषय हो । अत्याधुनिक विकासका लागि विज्ञान महत्वपूर्ण हुन्छ । तर, त्यही क्याम्पसमा विज्ञान पढेर ‘विश्व विज्ञान’ बुझेकाहरुका लागि अहिले यो क्याम्पसर खण्डहरभन्दा फरक छैन ।

विगत ९ वर्षदेखि असोज १ गते अस्कल स्थापना दिवस पारेर तत्कालिन प्रधानमन्त्री तथा पूर्व विद्यार्थी बाबुराम भट्टराईले ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउने निर्णय गराएका थिए । खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्ष रहँदा ‘राष्ट्रिय विज्ञान दिवस’ मनाउन थालियो । तर, राष्ट्रिय विज्ञान दिवसको मुख्य स्मारकको वास्तविक अवस्था भने दयनीय छ । विज्ञान प्रविधिको युगमा विज्ञान विषयको मन्दिर जिर्ण र अस्तव्यस्त हुँदा पनि कसैको ध्यान पुगेको छैन ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो पटक नवौं विज्ञान दिवस मनाउने घोषणा गरेको छ । तर, त्यो सन्देश अस्कलसम्म भने पुगेको छैन । पुगेकै भए पनि औपचारिकतामात्रै सीमित हुनेछ ।


प्रकाशित : आश्विन ३, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?