'राप्रपा फुट्न दिँदैनौँ, कांग्रेस र कम्युनिस्टभन्दा फरक बन्छौँ'

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिस्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताएका हुन् ।

'राप्रपा फुट्न दिँदैनौँ, कांग्रेस र कम्युनिस्टभन्दा फरक बन्छौँ'

अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभई विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे । उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधानअनुसार महाधिवेशन गर्न लागेको बताए ।

अध्यक्ष थापाले भने, ‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ, कम्युनिस्ट र कांग्रेसभन्दा फरक पहिचान बनाउन लागि परेका छौँ ।’

कार्यक्रममा पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले कम्युनिस्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए । नेपालका ठूला पार्टी भनेको ‘नमुना’ भएको भन्दै यसबाट नेपाली जनताले मुक्ति खोजेको उनले बताए ।

पूरा पढ्न : राप्रपा फुट्न दिँदैनौँ, कांग्रेस र कम्युनिस्टभन्दा फरक बन्छौँ : कमल थापा

प्रकाशित : भाद्र २८, २०७८ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?