एमसीसीको टोलीलाई ‌ओलीको जवाफ- भिडियो - कान्तिपुर समाचार

एमसीसीको टोलीलाई ‌ओलीको जवाफ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई वा सरकारको प्रस्ताव नआई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् । 

नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलका क्रममा ओलीले त्यस्तो जवाफ दिएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

बालकोटस्थित ओली निवासमा सुमारको टोली एमसीसीबारे छलफलका लागि पुगेको थियो । बिहीबार नेपाल आएको सुमारको टोलीले पहिलो भेट ओलीसँग गरेको थियो ।

भेटमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहित जिज्ञासा सुमारले राखेको र त्यसको जवाफमा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएको भट्टराईले उल्लेख गरे ।

‘उनीहरूले कुरा राखिसकेपछि अध्यक्षले एमसीसी अगाडि लैजाने विषयमा हामी सरकारमा हुँदा जुन भूमिका थियो, हामीले सिन्सियर प्रयास गरेका हौं, त्यो कुरा तपाईंहरूलाई पनि थाहा छँदैछ भन्नुभयो,’ भट्टराईले ओलीको भनाइ उल्लेख गर्दै थपे, ‘अहिले हामी त विपक्षमा छौं । सरकारले यस विषयमा के धारणा बनाएको छ ? सरकार कसरी अगाडि बढ्न चाहेको छ ? हामीसित उसले कुनै प्रस्ताव ल्याएको छैन । छलफल पनि गरेको छैन । अब सरकारले सरकारमा रहेकाहरूको प्रस्ताव के हो भन्ने कुरा क्लियर नभइकन हामीले यो हो भनेर धारणा बनाउने कुरा त्यति परिपक्व कुरा हुँदैन ।’

ओली र एमसीसी उपाध्यक्षबीचकाे भेटमा के–के कुराकानी भयो भन्नेबारे राजन भट्टराईसँग गरिएको कुराकानी पूरा पढ्न : एमसीसीको टोलीलाई ‌ओलीको जवाफ- 'सरकारमा हुँदा अगाडि बढाउने प्रयास गरेका हौं, अहिले सरकारको धारणा कुर्छौं'

प्रकाशित : भाद्र २४, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्

मैत्रीपूर्ण महिला फुटबलमा नेपालको अग्रता, नेपाल–२ बंगालादेश–०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र बंगलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । जर्सी नम्बर ९ कि सविता रानाले पहिलो गोल गरेसँगै नेपालले अग्रता लिएको थियो । दोस्रो गोल भने जर्सी नम्बर १४ की प्रिति राईले गरेकी हुन् । दुवै गोल गर्ने खेलाडीले आज मात्रै नेसनल टिममा डेब्यु गरेका हुन् । 


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उक्त खेल साँझ ५ बजेदेखि खेल सुरू भएको हो ।



प्रकाशित : भाद्र २४, २०७८ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×