कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पशुपतिमा बाहिरबाटै शिवजीको दर्शन

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व बिहीबार महादेवको पूजा आराधना गरी मनाइँदैछ । कोरोना महामारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि मन्दिरहरू बन्द छन् भने भक्तजनको भीडभाड पनि त्यति छैन ।

पशुपतिमा बाहिरबाटै शिवजीको दर्शन

मुलुकका अधिकांश मुख्य मन्दिरहरू नित्य पूजाका लागि बाहेक खुला गरिएका छैनन् । काठमाडौंस्थित पशुपतिनाथ परिसरमा रहेका पीठहरूमा महिलाहरू पूजाका लागि पुगेका छन् ।महामारीका कारण मुख्य मन्दिर भने खोलिएको छैन । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट यही भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन आउन पाउने कोषका सदस्य सचिव मिलनकुमार थापाले बताए । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ ।

प्रकाशित : भाद्र २४, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?