१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चन्द्रागिरिमा पनि जिपलाइन

काठमाडौँ — चन्द्रागिरि हिल्स लिमिटेडले शुक्रबारदेखि काठमाडौं उपत्यकाकै अग्लो स्थानमा मिनी जिपलाइन सुरु गरेको छ । चन्द्रागिरि डाँडामा २५ सय ५१ मिटर उचाइमा मिनी टेन्डम (दुई जनाले खेल्न मिल्ने) जिपलाइन सुरु गरिएको कम्पनीले जनाएको छ ।

चन्द्रागिरिमा पनि जिपलाइन

सय मिटर लम्बाइको जिपलाइनमा एकै पटक दुई जनाले बसेर आनन्द लिन सक्छन् ।

देशभर हाल सञ्चालनमा रहेकामध्ये काठमाडौं उपत्यकाभित्र ल्याइएको यो जिपलाइन सबैभन्दा उचाइमा पर्ने चन्द्रागिरिका महाप्रबन्धक अभिषेक विक्रम शाहको दाबी छ ।

यसमा ५ वर्षदेखि ८० वर्षसम्म उमेर समूहले आनन्द लिन सक्छन् । कम्पनीले स्काई साइक्लिङ र लामो दूरीको जिपलाइन पनि सञ्चालनमा ल्याउँदै छ ।

जिपलाइनका लागि एक जनाले चार सय रुपैयाँ तिर्नुपर्छ । वाल क्लाइम्बिङ र जिपलाइनमा मात्रै कम्पनीले कम्तीमा ७५ लाख रुपैयाँ लगानी गरेको जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?