कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोकर्णेश्वरमा पितृको सम्झना

काठमाडौँ — भाद्रकृष्ण औँसी (बाबुको मुख हेर्ने दिन) का अवसरमा मंगलबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । अघिल्लो वर्ष कोरोनाका कारण मेला स्थगित गरिएकोमा यस वर्ष सबै क्षेत्र खुलेकाले टाढाटाढाबाट भक्तजन मन्दिर दर्शन गर्न आएका छन् ।

गोकर्णेश्वरमा पितृको सम्झना

सोमबारदेखि नै गोकर्णेश्वर महादेव मन्दिर छिर्ने सबै नाकामा भक्तजनको भिड बढेपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पितृप्रति श्रद्धा प्रकट गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

समितिका अनुसार दर्शनार्थीबीच भौतिक दूरी कायम गर्न र भिड बढ्न नदिन मन्दिर छिर्ने सबै नाकामा धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना जोखिमबीच मेला चलाउँदा स्थानीय स्तरमा रोगको संक्रमण बढ्न सक्ने जोखिम भएकाले सजगता अपनाएर मेला चलाइएको हो । समितिले भक्तजनका लागि मास्क अनिवार्य गरेको छ ।

ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । बाबु दिवंगत भइसकेका सन्ततिले भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर आई तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा छ । यस दिन गोकर्ण आई श्राद्ध गरे २१ कुलसम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

प्रकाशित : भाद्र २२, २०७८ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?