कुपोषणको ‘महामारी’ : दुई बालबालिकामध्ये एकमा रक्तअल्पता
काठमाडौँ — निम्न वर्गको परिवारमा जन्मिएकी कञ्चनपुरकी ३५ महिनाकी ७.५ केजीकी विमला पार्की (नाम परिवर्तन) स्वस्थ्य नै देखिन्थिन् । एकदिन उनलाई झाडापखालाले च्याप्यो । उनका परिवारले गाउँकै क्लिनिकमा लगेर देखाए । तर, निको भएन । उनको खुट्टा नचल्ने भएपछि धामीझाँक्री कहाँ पनि लगे ।
एकदिन उनलाई कञ्चनपुरको कृष्णपुर स्वास्थ्य चौकी पुर्याइयो । त्यहाँ उनको स्वास्थ्य हेरेपछि कञ्चनपुरको पोषण गृहमा रिफर गरियो । २०७७ भदौ १५ गते गृहमा भर्ना भएकी उनको ३३ दिनको बसाईपछि २.८ किलो तौल बढ्यो । परिवारले पक्षघात भनेर आस मारिसकेको उनी हिँड्डुल गर्नसक्ने भइन् ।
नेपालको अवस्था हेर्दा पाँच वर्ष मुनिका एक तिहाईभन्दा बढी बालबालिकाहरुमा उमेरअनुसार उचाई नपुगी पुड्को भएको पाइएको छ । वाग्मती र गण्डकी प्रदेशका २९ प्रतिशत बालबालिकाहरुमा पुड्कोपन देखिएको छ भने कर्णाली प्रदेशका ५५ प्रतिशतमा यो समस्या पाइएको छ ।
कुपोषणको समस्या बढी कर्णाली प्रदेशमा देखिएको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका न्युट्रिसन फोकल पर्सन परशुराम नेपालीका अनुसार यस जिल्लामा जनचेतनाको कमी, गरिबी बालविवाह, सरसफाइ आदि कुपोषणका प्रमुख कारणहरु हुन् । उनी भन्छन्– ‘अर्गानिक तरकारीहरु बजारमा बेच्ने र जंक फुड लगेर बच्चाहरुलाई दिने चलन छ । गाउँमा उत्पादित खानेकुराहरु मिलाएर खुवाउने चेतना अझै विकास भइसकेको छैन ।’ मुगु जिल्लामा ९ प्रतिशत बालबालिकाहरु कुपोषित रहेको उनले बताए ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार सन् २००१ पाँच वर्षमुनिका बालबालिकामध्ये ५७ प्रतिशतमा पुड्कोपन अर्थात् दीर्घ कुपोषण थियो भने यो अवस्था सन् २०१६ मा ३५.८ प्रतिशतमा झरेको छ । कुपोषणको स्थितिमा केही सुधार देखिए पनि यो अझै जनस्वास्थ्यको गम्भीर विषय मानिएको छ । कुपोषणले बर्सेनि २५ हजार बालबालिकाको मृत्यु हुने गरेको युनिसेफको विश्लेषण छ ।
पूरा पढ्न : https://ekantipur.com/health/2021/09/03/163067209984356892.html
प्रकाशित : भाद्र २०, २०७८ १३:२०