२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

थापाथली–प्रसूति गृह सडकको बेहाल : कहिले बन्ला ?

दिपेन्द्र रोक्का

काठमाडौँ — प्रसूति–थापाथली सडक खण्ड बेलैमा सम्पन्न नहुँदा पैदलयात्रु एवं सवारी साधनको आवतजावतमा समस्या हुन थालेको छ । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको मंसिर–पुसदेखि सुरु गरेर असारभित्र सडक निर्माण सम्पन्न गर्ने योजना बनाएकोे थियो ।

थापाथली–प्रसूति गृह सडकको बेहाल : कहिले बन्ला ?

सडक निर्माणको काम कँडेल निर्माण सेवाले पाएको छ ।

‘ढलको समस्या थियो । ढलको काम सम्पन्न गर्दागर्दै लकडाउन भयो । वैशाखदेखि काम रोकिएको थियो,’ काठमाडौं महानगरपालिका सार्वजनिक निर्माण प्रमुख राम थापाले भने । नेपाल विद्युत् प्राधिकरणले सडकमुनि केबलको काम गरिरहेको र बर्खाको बेला भएकाले अहिले सडकमा रहेका खाल्टाखुल्टी पुर्ने काम भएको महानगरपालिकाका निर्माण प्रमुख थापाले बताए ।

महानगरपालिकाका निर्माण प्रमुख थापाका अनुसार भदौभित्र सुरु गरेर दसैं–तिहारसम्म सम्पन्न गर्ने हिसाबले अगाडि बढ्दैछ । पिच गर्ने कामलाई असोज कात्तिकमा गरिने उनले बताए ।

खाल्टाखुल्टीको समस्याको कुरामा प्राधिकरणले जहाँ जहाँ खनेको छ ती ठाउँमा तत्काल पुर्न निर्देशन दिइएको पनि उनले बताए ।

प्रकाशित : भाद्र १२, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?