पाहुनाको पर्खाइमा डाँडागाउँ होमस्टे

काठमाडौँ — काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ स्थित डाँडागाउँको ८ घरमा तामाङ समुदायले होमस्टे सुरु गरेका छन् । पहिला यो गाउँका धेरैजसोले व्यावसायिक रुपमा मदिरा (रक्सी) उत्पादन गर्थे । तर, अहिले त्यो पेसा छाडेर होमस्टेमा आकर्षित भएका हुन् । १७ सय उचाइमा रहेको यो ठाउँ नारायणगोपाल चोकबाट १० किलोमिटर दुरीमा छ ।

पाहुनाको पर्खाइमा डाँडागाउँ होमस्टे

गाउँकै उत्पादनको स्वाद होमस्टेमा पुग्नेहरुले चाख्न पाउँछन् । तामाङ समुदायका महिला आफ्नै भेषभुषामा सजिएर डम्फु बजाउँदै पाहुनाको स्वागतमा जुट्छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज छिचोलेसी यो गाउँसम्म पुगिन्छ । तर अहिले कोभिडले गर्दा होमस्टे बन्द छन् । स्थानीय कोभिडको जोखिम कम भएपछि स्वास्थ्य सावधानी अपनाएर होमस्टे चलाउने सुरमा छन् । यो ठाउँबाट काठमाडौं उपत्यका छर्लंग देखिन्छ । वरिपरिका हरियाली डाँडापाखाले मोहित पार्छ ।

प्रकाशित : भाद्र २, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?