आरक्षण मुद्दाका रिट निवेदक भन्छन्- अब आरक्षण व्यवस्था नै 'कोल्याप्स' हुन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले २०७७ भाद्र ३१ गते चिकित्सा शिक्षाको स्नातकोत्तर तहको प्रवेश परीक्षाको लागि सूचना जारी गर्‍यो । उक्त सूचनामा महिला, पिछडिएको क्षेत्र, दलित, जनजाती, मधेसी, मुस्लिमका लागि ४५ प्रतिशत आरक्षण नछुट्याइएको भन्दै डा. विनयकुमार पंजीयार रिट निवेदन लिएर २०७७ असोज २० गते सर्वोच्च अदालत पुगे ।

आरक्षण मुद्दाका रिट निवेदक भन्छन्- अब आरक्षण व्यवस्था नै 'कोल्याप्स' हुन्छ

सर्वोच्चले २०७७ पुस १ गते पंजीयारको रिट निवेदन खारेज हुने फैसला गरिदियो । फैसलाको पूर्ण पाठ भने २०७८ साउन १७ गते सार्वजनिक भयो । पूर्णपाठमा आरक्षण व्यवस्थाको पुनर्व्याख्या नै गरिएको एक पक्षको दाबी छ भने अर्को पक्षले आफूहरूले इतिहासमा भोगेको विभेदको क्षतिपूर्ति दिनबाट राज्य पछि हटेको रूपमा बुझेको छ ।सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले दिएको फैसलालाई रिट निवेदक पंजीयारले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनी फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने तयारीमा छन् ।

प्रकाशित : श्रावण २३, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?