कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

महामारीका फ्रन्टलाइनर योद्धाहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकार आफैंले घोषणा गरेको कोभिड जोखिम भत्तासमेत नपाएर निराश बनेका फ्रन्टलाइनरहरू बारबरा फाउन्डेसनबाट सम्मानित भएपछि हर्षित छन् । महामारीमा उनीहरू दिनरात नभनी शव व्यवस्थापनदेखि स्वाब संकलनमा खटिएका थिए ।

महामारीका फ्रन्टलाइनर योद्धाहरू

जाजरकोट घर भएकी १९ वर्षीया कविता डीसी नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य सहयोगीका रूपमा काम गर्छिन् । उनको जिम्मेवारी भनेकै सरसफाइ र शव व्यवस्थापन हो । दिनमा १२ वटासम्म शव प्याक गरेको क्षण भने उनी कहिल्यै बिर्सन सक्दिनन् । ‘पहिलो पटक शव प्याक गर्दा मुटु जोडले धड्कियो । डर लागेर काम नै छोड्दिन्छु भन्ने पनि लाग्यो,’ गत कात्तिकबाट काम थालेकी उनले भनिन्, ‘तर बाध्यताले गरें । यस्तो महामारीमा डर त लागिहाल्छ नि ।’ घरमा सानिमा, बुबा र भाइ बस्छन् । दाइ रोजगारीका लागि भारतमा छन् । कविताको आर्थिक अवस्था कमजोर छ । कक्षा १० सम्म अध्ययन गरेकी उनलाई थप शिक्षा हासिल गर्न मन छ तर पैसा छैन । उनी दुःखी हुँदै भन्छिन्, ‘पढ्न त मन छ नि, के गर्नु, पैसा पुग्दैन । काम गरेको पैसाले खान लगाउन मात्र पुग्छ ।’

प्रकाशित : श्रावण १७, २०७८ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?