कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अलपत्र र खाल्डे सडकले सास्ती

विमल खतिवडा

काठमाडौँ — काठमाडौं, भक्तपुर र ललितपुरमा स्थानीयले बर्सेनि सडककै कारण सास्ती भोग्नुपर्ने बाध्यता छ । कतै सडक निर्माण गरेर अलपत्र पारिएको छ त कतै पिच गरेको वर्षदिन नबित्दै कालोपत्रे उप्किसकेको छ । जहाँ ठूल्ठूला खाल्डा परेर पानी जमेको छ । सबैभन्दा बढी सास्ती अहिले भक्तपुरस्थित भत्केको पाटीबाट पर्यटकीय क्षेत्र नगरकोट जाने सडकमा छ । यो खण्डको दुवै साइडमा गिट्टी थुप्रेको महिनौं बित्यो । तर काम हुन सकिएको छैन ।

अलपत्र र खाल्डे सडकले सास्ती

ठूला सवारी एकतर्फी रुपमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलोले स्थानीयले सास्ती खेप्नुपरेको छ । यो सास्ती खेप्न थालेको ७ वर्ष भएको स्थानीयको गुनासो छ । सडकको पानी तर्काउन नाली बनाइएपनि व्यवस्थित छैन । सडकमै पानी बग्छ । सडकमा बगेको पानीले नाली नै भत्काउन थालेको छ । गिट्टी ओछ्याइएको ठाउँमा पानीले बगाएको छ । भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्म सडक विस्तारको ठेक्का शैलुङ कन्स्ट्रक्सन र एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड)ले ज्वाइन्ट भेञ्चरमा लिएको हो । सडक कालोपत्रे गरेको ठाउँमा वर्षदिन नपुग्दै कालोपत्रे उप्किएर खाल्डो बनेको छ । भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिका अनुसार ७ वर्षमा ७५ प्रतिशत मात्र प्रगति भएको छ । स्थानीयले गत वर्ष लामो समय सडक अलपत्र पारेको भन्दै शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो सार्वजनिक सवारी र चौतारोमा टाँसेर विरोध गरे । अधिकारी पूर्वप्रधानमन्त्री तथा माओवादी नेता पुष्पकमल दाहालका घरबेटी हुन् ।

०७१ जेठ २२ गते ०७३ कात्तिक ४ मा काम सक्ने गरी ठेक्का भएपनि ६ पटक म्याद थप गर्दा पनि अझै सडक सम्पन्न हुन सकेको छैन । त्यस्तै, पेप्सीकोला सल्लाघारी जोड्ने सडकको अवस्था पनि उस्तै छ । उक्त सडकको निकोसेरा खण्डमा बर्खामा ठूला खाल्डा जमेको पानी र हिलोले गर्दा सवारी फस्ने गरेका छन् । मोटरसाइकलमा ओहोरदोहोर गर्नेहरु नलडेको दिन नै हुँदैन । यो सडकको कान्छाराम पिआर उमा एण्ड कम्पनीले जेभीमा ठेक्का लिएको हो । ०७४ असारमा लिएको ठेक्का ०७६ पुसमा सक्नुपर्ने भएपनि अझै सकिएको छैन ।

म्याद थप्दै ठेक्का लम्याउँदै गर्ने गरिएको छ । उता ललितपुरको ढोलाहिटी चापागाउँ प्याङगाउँ लेले तिलेश्वर खण्डको सुनाकोठीमा पिच गरेको वर्षदिन नबित्दै पिच भत्किएर ठाउँठाउँमा खाल्डो परेको छ । जहाँ पानी जमेको छ । कतै पिच नै खनेर ठूला खाल्डा बनाइएको छ । स्थानीयले गुणस्तरहीन पिच गर्दा चाँडै उप्किएको आरोप लगाएका छन् । त्यसो त काठमाडौंमा बर्सेनि सडक टालटुल गर्नुपर्ने बाध्यता छ । ठूलो पानी पर्दा निकास अभावमा सडक जलमग्न हुने गरेको छ ।

जगत प्रजापति अहिले बेस थुपारेर राखिएको छ । बर्खा भएर काम हुन सकेको छैन । अहिले पनि ठाउँठाउँमा घट्न थालेपछि गिटी बिछ्याउने कुरा भएको छ । १५ दशमलव ५ किमि हो सडक । भक्तपुरको भत्केको पाटीबाट सुरु हुन्छ । नगरकोट बजारसम्म हो । गडगडे १४ किमिमा पर्छ । कोभिडले गर्दा थप भएको ६ महिना असारमा सकिएको छ । बजेटमा फेरि ६ महिना म्याद थपको कुरा आएको रहेछ । त्यसको अहिलेसम्म हामीलाई केही जानकारी आएको छैन । १५ किमिमध्ये साढे ९ किमि पिच भएको छ । अहिलेसम्म करिब कुल ठेक्काको ६५ प्रतिशत जति भुक्तानी भइसकेको छ । कुल ठेक्काको १० प्रतिशत जरिवाना गराएर काम जारी राखिएको छ । अब काम सक्छौं, गर्छौं भनेका छन् । अब यसमा सक्छ भन्ने छ । निर्माण ४ सय टिपर जति निर्माण सामग्री भए पुग्छ । दुई कोट पिच गर्नु पर्नेमा त्यो पहिलो कोट भयो । अर्को गर्न बाँकी नै छ । पानी परिरहृयो । तेलकोट पानी छेक्दा पानी सडकमा बगेर पनि समस्या भएको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?