भाडा समायोजन लगायतका मागसहित यातायात व्यवसायीको प्रदर्शन- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाडा समायोजन लगायतका मागसहित यातायात व्यवसायीको प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — सार्वजनिक यातायात व्यवसायीहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा व्यवसायीहरुले चक्रपथ वरपर गाडीको र्‍याली निकालेका थिए ।

यातायात व्यवसायीका ७ बुँदे माग तत्काल पूरा गर्नुपर्ने भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले प्रदर्शन गरेको हो । महासंघले कोभिड खोप सम्बन्धमा, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन सम्बन्धमा, २० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायातको बिमा छुट, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गरिनुपर्ने माग राखेको छ ।

प्रकाशित : श्रावण ७, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

भालुले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — जंगली जनावर भालुले गरेको आक्रमणका कारण जिल्लाको दक्षिणी क्षेत्र माडीका एक व्यक्तिको ज्यान गएको छ । 

माडी नगरपालिका–१ पाण्डवनगरका ४६ वर्षीय राजकुमार बोटे बिहीबार बिहान चितवन निकुञ्जको सीमा क्षेत्र पर्शुराम कुण्ड नजिक मृत भेटिएका थिए । उनी बुधबारदेखि हराइरहेका थिए । उनलाई जंगली जनावर भालुले आक्रमण गरेर ज्यान लिएको चितवन निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

प्रकाशित : श्रावण ७, २०७८ १७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×