१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेलकुदका पूर्वाधार प्रयोगविहीन

काठमाडौँ — कोरोनाले खेलकुद गतिविधिलाई ठप्प पारेसँगै खेलकुद संरचनामा पनि प्रयोगमा आउन सकेका छैनन् । दुई वर्षदेखि सीमित मात्र खेलकुद गतिविधि हुँदा केही संरचनामा मात्र प्रयोगमा आएका छन् भने केही संरचना कोरोना महामारी फैलिएसँगै थलिएका पनि छन् ।

खेलकुदका पूर्वाधार प्रयोगविहीन

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफू मातहतमा रहेका संरचना धेरै स्थानमा व्यवस्थित भएको दाबी गरेको छ ।७७ वटै जिल्लामा राखेपका संरचना रहेका छन् । केही संरचनाको आफ्नै नाममा लालपुर्जा रहेको छ भने केही भोगचलनको आधारमा सञ्चालन भइरहेका छन् । तर पछिल्लो समय कोरोनाका कारण केही संरचना प्रयोगमा आएका छैनन् । खेलकुद गतिविधिलाई चलायमान बनाउने संस्था राखेपले देशैभर रहेका आफू मातहतका पूर्वाधार व्यवस्थित भएको बताएको छ । सबै ठाउँका पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको र केही ठाउँमा व्यवस्थित गर्न बाँकी रहेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

देश अहिले संघीय संरचनामा चलिरहेको छ तर राखेपले भने अझै आफ्ना गतविधि संघीय ढाँचामा सञ्चालन गर्न सकेको छैन । जारी भएको नयाँ खेलकुद ऐनमा नियामावली बन्न बाँकी छ । राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक गठन भएपछि एक पटक पनि बस्न सकेको छैन । जसले गर्दा पूर्वाधार निमार्णका कामदेखि संघीय ढाँचामा ढाल्न राखेपलाई ढिलाइ भइरहेको छ । विनियोजन भएको बजेट अपर्याप्त हुँदा फ्रिज भइरहेको छ । रंगशाला र बृहत रंगशाला एकैपटक निर्माण गर्न पर्याप्त बजेट नहँदा समयमा पूरा गर्न नसकेको खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले बताए ।

खेलकुद विभाग प्रमुख थापाले खेलकुद परिषद् पनि छिट्टै नयाँ संरचनामा जाने बताएका छन् । हरेक वर्ष बजेट भाषणमा देशका विभिन्न रंगशाला निमार्णका लागि बजेट विनियोजन गरिने भने पनि खण्ड खण्डमा आउने बजेटले राष्ट्रिय गौरवको योजना पनि समयमा सम्पन्न हुन ढिलाइ भएको थापाले बताए । मूलपानी क्रिकेट मैदानमा बाटो र सानो बस्तीका कारण सम्पन्न हुन ढिलाइ भएको बताउँदै थापाले पोखरामा नवौं राष्ट्रिय खेलकुद गर्नका लागि केही मात्र पूर्वाधार आवश्यक भएको बताए । अहिले पोखरा रंगशाला बनाउने काम तीव्र गतिमा अगाडि बढेको भन्दै थापाले सुटिङ हल, पौडी पोखरी र फ्लड लाइट राख्ने काम यसै वर्ष हुने बताए ।

नेपाली खेलकुद प्रविधिसँग अभ्यस्त हुन सकेको छैन । पुरानै विकास क्षेत्रीय र अञ्चलस्तरीय ढाँचामा चलेको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?