भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा मंगलबारदेखि ज्येष्ठ नागरिकलाई लगाउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाइरहेको छ ।

काठमाडौं जिल्लामा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले करिब पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिए ।खोप अभियान असार २४ गतेसम्म सञ्चालन हुने छ । उनका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ ले दोस्रो र २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित : असार २२, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्

बराहक्षेत्रबाट १५० केजी गाँजा र नक्कली पेस्तोलसहित २ पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको बराहक्षेत्रबाट प्रहरीले मंगलबार एकथान नक्कली पेस्तोल र १ सय ५० केजी गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे बस्ने २२ वर्षीय भुपेन राय र सुनसरीको रामधुनी नगरपालिका– ७ का बस्ने २५ वर्षीय अमिर लिम्बू रहेका छन् । प्रहरीले शुक्रबारेबाट उनीहरुलाई गाँजा, मोबाइल र नक्कली पेस्तोलसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बराहक्षेत्रको चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाइकल रोकेर चेक गर्दा भेनबाट १ सय ५० केजी गाँजा र सिटमा राखिएको अवस्था १ थान नक्कली पेस्तोल बरामद गरेको थियो ।

प्रहरीलाई देख्‍ना साथ तत्काल फरार रहेका अन्य २ जनाको खोजी कार्य भइरहेको छ । गाँजा तस्करहरुले धनकुटाको आहाले, सहिदभूमि गाउँपालिका लगायत क्षेत्रबाट गाँजा तस्कर गरी भारतीय बजारमा बेच्‍ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २२, २०७८ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×