कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

काठ तेर्स्याएर जोखिमपूर्ण यात्रा

काठमाडौँ — असारदेखिको अविरल वर्षाले उर्लिएको यांग्री, लार्के र इन्द्रावती नदीले पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका विभित्र गाउँ जोड्ने सडक, पुलमा सम्पर्क टुटेको छ । त्यसयता पैदल हिँड्नसमेत गोरेटो नभएपछि स्थानीयले फलेक, काठ राखेर आउजाउ गरिरहेका छन् । यहाँका स्थानीय काठ तेर्स्याएर जोखिमपूर्ण यात्रा गरिरहेका हुन् ।

काठ तेर्स्याएर जोखिमपूर्ण यात्रा

तीन नदीको बाढीले पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाको यांग्री, दलित बस्ती, माथिल्लो बस्ती, तासिवा, सुनचौर, माइखर्क गाउँका ६५ परिवार विस्थापित भएका छन् ।

बाढीले दर्जन घर बगाएर सिंगो गाउँ जोखिममा परेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले बताए । 'यहाँको भोताङ र बस्ती जोड्ने ३ वटा झोलुंगे पुल बगायो, सडक सम्पर्क टुटायो,'उनले भने । उनले असार १ गते बाढीले घरविहीन भएका ६ परिवारलाई ४० हजार नगदसहित टेन्ट, खाधान्न बाँडिएको उल्लेख गरे ।

प्रकाशित : असार २१, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?