निषेधाज्ञा हुने भएपछि घर फर्किनेको लर्को

काठमाडौँ — उपत्यकामा कोरोना भाइरसका संक्रमित बढेसँगै स्कुल–कलेज बन्द भएपछि घर जानेको चाप बढेको छ । बिहीबारबाट निषेधाज्ञा हुने भएपछि नयाँ बसपार्क, कलंकी, कोटेश्वर, चाबहिल, गौशालालगायत स्थानमा भिडमभीड छ ।

निषेधाज्ञा हुने भएपछि घर फर्किनेको लर्को

यात्रु बाहिरिने क्रम बढेकाले गाडीमा सिट पाउनै गाह्रो भएको छ, सिट पाइहाले पनि महँगो भाडा तिर्नुपरिरहेको छ । सोमबार सरकारले उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लगानउने निर्णय गरेसँगै मंगलबार बिहानैदेखि बसपार्कमा घर जानेको भीड थियो । बुधबार बिहानैदेखि कोटेश्वरलगायत विभिन्न ठाउँमा घर जानेको भीड लागेको छ ।

प्रकाशित : वैशाख १५, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?