सम्झनामा २०६२/६३ जनआन्दोलन- यहाँ मजाक छ : शम्भु थापा- भिडियो - कान्तिपुर समाचार

सम्झनामा २०६२/६३ जनआन्दोलन- यहाँ मजाक छ : शम्भु थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ता शम्भु थापा २०६२र/६३ को जनआन्दोलनमा नेपाल बार एसोसिएसनको तर्फबाट अग्र मोर्चामा रहेर आन्दोलनमा होमिए । समाजको राजनीतिक चरित्र परिवर्तन गर्ने र चरित्रभित्र समाजलाई नै रुपान्तरण गर्ने अठोट र विश्वासका साथ उनी आन्दोलनमा उत्रिएका थिए ।

उक्त आन्दोलनको जुन उद्देश्य, भावना र मर्म थियो त्यो अहिले लथालिंग भएको उनको ठम्याइ छ । जनआन्दोलन भएको आज १५ वर्ष पुगेर १६ वर्ष लाग्दा थापालाई यो समय त्यत्तिकै निरर्थक भएको र सबै कुरालाई हेर्दा निराशा मात्रै भएको लाग्छ । उनी आन्दोलनले हासिल गरेका उपलब्धिहरु संस्थागत हुन नसक्नुमा मुख्य राजनीतिक दलका केही नेताहरु 'आफू केन्द्रित' हुनु मुख्य कारण ठान्छन् ।

अडियो सुन्नुहोस् :

Ekantipur Online · सम्झनामा २०६२/६३ जनआन्दोलन- यहाँ मजाक छ : शम्भु थापा

प्रकाशित : वैशाख ११, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्

मूल बाटो बिराएका छैनौँ : गगन थापा

‘अहिले राजनीतिक नेतृत्वसँग मोहभंग भएको अवस्था छ । पुराना र पाका नेताहरुसित आम मानिसको विश्वास टुटेको छ । हामी नयाँ नेतृत्वले पनि आम मानिसलाई भरोसा दिन सकिरहेका छैनौँ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — २०६२/६३ को जनआन्दोलनको मूल लक्ष्य राजतन्त्र हटाएर लोकतन्त्र स्थापना गर्नु मात्र थिएन, राजनीतिक संस्कार, चिन्तन, कार्यशैली र समग्र सामाजिक रुपान्तरण गर्नु पनि थियो ।

सांसद गगनकुमार थापा । फाइल तस्बिर ।

लोकतन्त्र स्थापना भएको १५ वर्ष पुगिसक्दा पनि नागरिकका अपेक्षाअनुसार राजनीतिले लय समातेको छैन । यसै सन्दर्भमा रहेर कांग्रेस नेता गगन थापासँग कान्तिपुरका लागि ध्रुव सिम्खडाले गरेको कुराकानी :

२०६२/६३ को जनआन्दोलन भएको पनि १५ वर्ष बितिसकेको छ । त्यस आन्दोलनको अग्रमोर्चामा सक्रिय सहभागीको रुपमा फर्केर हेर्दा तपाईँलाई कस्तो अनुभूति हुन्छ ?

त्यो जनआन्दोलनपछि हाम्रो राजनीतिक व्यवस्थापन जसरी भइरहेको छ यदि हामीले त्यसमा सफलता हासिल नगरेको भए अवस्था अहिलेको भन्दा खराब हुनसक्थ्यो । हामीले मूल बाटोबाटै यात्रा अगाडि बढाउन नसक्ने अवस्था आउन सक्थ्यो । राजनीतिक आन्दोलन सफल भइसकेपछि ल्याटिन अमेरिकी र पूर्वी रुसी गणराज्यहरुले त्यसको सही व्यवस्थापन गर्न नसक्दा उनीहरु ठूलो समस्यामा परे । हामीले पनि आन्दोलनको सफलतापश्चात् राम्ररी व्यवस्थापन गर्न नसकेको भए जातीय, धार्मिक, क्षेत्रीय या अन्य कुनै पनि खालको समस्या बेहोर्नुपर्ने अवस्था आउन सक्थ्यो । तर हामीले आन्दोलनपछि ठीक ढंगले व्यवस्थापन गर्न सकेकै कारण त्यो खाले जोखिमबाट बच्न सक्यौँ । त्यो आन्दोलनको १५ वर्षपछि पनि हामीले मूल बाटो बिराएका छैनौँ । यो सन्तोषको विषय हो ।

कस्तो आशले तपाईँ आन्दोलनमा होमिनु भएको थियो ?

त्यसबेला मुलुक हिंसाको राजनीतिले आक्रान्त थियो । हिंसाको त्यो राजनीतिबाट मुक्त हुन पाइयोस् भन्ने थियो । हाम्रा हकअधिकारहरु संविधानसभाले बनाएको संविधानमा व्यवस्थित होऊन् भन्ने थियो । लोकतन्त्रका लागि अब कहिलै पनि आन्दोलन गर्नु पर्दैन भन्ने नारासाथ हामी आन्दोलनमा होमिएका थियौँ । त्यसपछि हामी जनताको जीवनमा तीव्र गतिमा परिवर्तन ल्याउने कार्यमा लाग्नेछौँ भनेर आन्दोलनमा ओइरिएका थियौँ । युगयुगसम्म हामीले प्राप्त गरेको लोकतन्त्रप्रति सबैले गर्व गरिरहनेछन् भन्ने लागेको थियो । आन्दोलनमा नारा लगाइरहँदा मेरा अपेक्षा यिनै थिए । तर व्यवस्थापनमा सफल हुन सकिरहेका छैनौँ ।

आन्दोलनपछि हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता अधिकार प्राप्त गरेका छौँ । हामी सही बाटोमै छौँ होइन र ?

संविधानमा हामीले जुन खालका संस्थाहरु निर्माण गर्ने वाचाहरु गरेका थियौँ त्यस्ता संस्थाहरु निर्माण गर्न पनि सकेनौँ । भएका संस्थाहरुमा पनि ठूलो क्षयीकरण भएको छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रअनुसारको संविधान घोषणा गर्यौँ । यो ठीक छ । तर बितेको १५ वर्षमा हामी लोकतान्त्रिक संस्थाहरु निर्माण गर्ने कार्यमा नराम्रोसँग चुक्यौँ । प्राप्त उपलब्धिको कार्यान्वयन गर्ने कसले त ? लोकतान्त्रिक संस्थाहरुले नै ‘डेलिभरी’ दिने हो । तर हामीले त्यस्ता संस्थाहरु नै निर्माण गर्न सकेनौँ । नयाँ संस्थाहरु पनि बनाउन सकेनौँ । भएका पुरानाहरु पनि भत्कायौँ । बदल्नुपर्ने जे–जे थिए तिनलाई बदल्न सकेनौँ । सुधार गर्नुपर्नेलाई सुधार्न सकेनौँ ।

लोकतान्त्रिक संस्थाहरु किन बन्न सकिरहेका छैनन् त ?

अहिले राजनीतिक नेतृत्वसँग मोहभंग भएको अवस्था छ । पुराना र पाका नेताहरुसित आम मानिसको विश्वास टुटेको छ । हामी नयाँ नेतृत्वले पनि आम मानिसलाई भरोसा दिन सकिरहेका छैनौँ । व्यवस्था, संविधान र लोकतान्त्रिक परिपाटीसित आम मानिसलाई जोड्ने भनेकै नेतृत्व र राजनीतिक दलहरुले हो । २०६२/६३ को आन्दोलनमा सहभागी नेतृत्वले जनतासँग विश्वास जितेको थियो । जनतालाई आन्दोलनसित जोड्न सफलता हासिल गरेको थियो । त्यो हाम्रो ठूलो पुँजी थियो । तर त्यसयता हाम्रो नेतृत्वको त्यो क्षमतामा ह्रास आउन सुरु भयो ।

त्यसोभए आन्दोलनबाट प्राप्त उपलब्धिको मुख्य बाधक नेतृत्व नै हो भन्न खोज्नु भएको हो ?

एकदमै हो । त्यो आन्दोलनको सफलतासँगै २५/३० वर्षदेखि नेतृत्व गर्दै आएका नेताहरुलाई हामीले विश्राम लिन लगाउनुपथ्र्यो । त्यसो गर्न सकेनौँ । त्यहीँनेर हामी चुक्यौँ । आन्दोलनलाई सफलतामा पु्र्याइसकेपछि उनीहरुलाई सम्मानपूर्वक बिदाइ गराउन सक्नुपर्थ्यो । तर अहिले पनि तिनै नेताहरु राजनीतिक दल, समाज सबै क्षेत्रमा पहिलेभन्दा पनि धेरै हावी भएका छन् । उनीहरुको क्षमतामा पनि पहिलेभन्दा ह्रास आएको छ । विश्वासमा पनि कमी आएको छ । आज नेपालीहरु लोकतन्त्रप्रति विश्वस्त छन् । उनीहरुले लोकतन्त्रप्रति प्रश्न गरेका होइनन्, नेतृत्वप्रतिको प्रश्न हो । अहिले जो जो नेतृत्वमा छन् उनीहरुको न लोकतान्त्रिक समाजको नेतृत्व गर्ने क्षमता छ न उर्जा नै । हामी यस्तो नेतृत्वलाई बोकेर हिँडिरहेका छौँ । यो नै आजको हाम्रो राजनीतिक बिडम्वना हो ।

प्रकाशित : वैशाख ११, २०७८ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×