कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पानीबाट हाइड्रोजन निकालेर गाडी कुदाउँदै शिशिर

काठमाडौँ — यो प्रविधि विश्वका लागि पुरानो भए पनि नेपालका लागि भने पहिलो भएको शिशिर बताउँछन् । पानीबाट निस्कने इन्धन पेट्रोलियमको पूर्ण विकल्प भने होइन । यसले पेट्रोलियमको खपत केही घटाइदिने हो ।

‘पानीबाटै गाडी चलाउने भन्दैमा पेट्रोल ट्यांकीमै पानी हाल्ने हैन । पानी सक्स डिभाइसमा हाल्ने हो,’ उनले भने, ‘डिभाइसले पानीलाई हाइड्रोजन र अक्सिजन ग्यासमा परिवर्तन गरिदिन्छ । त्यही ग्यास इन्जिनमा जाने हो । पानी सिधै इन्जिनमा जाने हैन ।’

उनका अनुसार पानी सिधै गए इन्जिन बिग्रन्छ । शुद्ध हाइड्रोजन ग्यास इन्जिनमा गए त्यसले इन्धनका रूपमा काम गर्छ ।

पानीबाट हाइड्रोजन निकालेर गाडी कुदाउँदै शिशिर

गाडीको ‘लगेज कम्पार्टमेन्ट’मा यो डिभाइस सेट गरिन्छ । डिभाइसबाट एउटा पाइप ‘एयर फिल्टर’मा जोडिएको हुन्छ । ‘पेट्रोल ट्यांकीदेखि पेट्रोल र हाम्रो डिभाइसबाट ग्यास जान्छ । इन्जिनमा पुग्नुअघि उक्त ग्यास र पेट्रोल मिसिन्छ । त्यो इन्जिनमा पुगेपछि काम गर्छ,’ शिशिरले भने ।

उनका अनुसार हाइड्रोजनलाई पेट्रोलभन्दा राम्रो इन्धन मानिन्छ । इन्जिनभित्र पुगेपछि हाइड्रोजन ग्यासको प्रज्वलनशीलता (कम्बसन) सय प्रतिशतसम्म हुन्छ, जुन पेट्रोलमा हुँदैन । हाइड्रोजन ग्यासले गाडीको पिकअप क्षमता बढ्नुका साथै इन्जिन हलुका हुन पुग्छ ।

सक्स डिभाइसमा ४.५ लिटर पानी अट्छ । जसले पेट्रोलसँग मिलेर एकपटकमा ३५ सयदेखि ४ हजार किलोमिटरसम्म माइलेज दिने शिशिरले सुनाए । तर, यो पानी साधारण पानीभन्दा केही फरक हुन्छ । ‘डिस्टिलेसन गरेको पानीलाई ‘केमिकल्ली रिट्रिटेड’ गरिनुपर्छ,’ उनले भने, ‘यसले गर्दा रासायनिक प्रतिक्रिया छिटो हुन्छ ।’

शिशिरले ‘सक्स डिभाइस’ को मूल्य ५० हजार रुपैयाँ तोकेका छन् भने ५ वर्षको ग्यारेन्टी दिएका छन् । डिभाइसका कारण गाडीको इन्जिनमा क्षति पुगे ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी पनि गरेका छन् ।

प्रकाशित : चैत्र ३०, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?