कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोड टु नेसनल फुटसल लिग

काठमाडौँ — ढुकु फुटसल हब, स्काई गोल्स, प्रभातफेरी युथ क्लब र शंखमूल फुटसल शुक्रबार नेसनल फुटसल लिगमा छनोट भएका छन् ।पेप्सीकोलास्थित बैजन्ती फुटसलमा भएको वाग्मती प्रदेशको छनोटको सेमिफाइनलमा स्थान पक्का गर्दै यी टोली नेसनल फुटसललाई छनोट भएका हुन् । फाइनल पुग्न शनिबार ढुकु र स्काई तथा प्रभातफेरी र शंखमूलले प्रतिस्पर्धा गर्नेछन् ।

रोड टु नेसनल फुटसल लिग

ढुकु फुटसलले प्रिजमाटिक फुटसल एन्ड आरसीलाई ९–३ ले, स्काईले काया स्पोर्टसलाई ६–२ ले र प्रभातफेरी युथले स्तुपा स्पोर्ट्सलाई ६–३ ले पराजित गरे । शंखमूल र सूर्य फुटसलबीच निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा शंखमूल ४–२ ले विजयी थियो ।

वाग्मती प्रदेशबाट ४ टोली छनोट हुने प्रावधानअनुरुप ढुकु, स्काई, प्रभातफेरी र शंखमूल जेठ १ देखि २२ सम्म पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने नेसनल फुटसल लिगलाई छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले टर्नपाइक इभेन्ट्स प्रालिको व्यवस्थापनमा ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग अर्थात नेसनल फुटसल लिगको छनोट खेल आयोजना गरिरहेको छ । वाग्मतीको छनोट तीन दिनअघि सुरु भएको हो ।

प्रकाशित : चैत्र २८, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?