फेसन मास्कको

दिपेन्द्र रोक्का

काठमाडौँ — कोरोनाको विषम परिस्थितिमा पर्यायवाची बनेको मास्क हाल फेसन र प्रविधिको अध्ययन गरिरहेका विद्यार्थीले आफ्ना डिजाइनमा उतार्न थालेका छन् । नमुना कलेज अफ फेसन टेक्नोलोजीका १५ औं ब्याचका विद्यार्थीहरुले हाल आफ्नो ग्र्याजुएसनको अन्तिम परीक्षाका लागि यसको प्रयोग गर्न थालेका हुन्। प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले गुडियामा बनाएको डिजाइन र त्यसमाथि प्रयोग भएको रंगीचंगी मास्क देख्न सकिन्छ। १०० अंकको यो परीक्षामा २५ अङ्क डिजाइनबाट, २५ प्रयोगात्मकबाट र र ५० अंक र्‍याम्प वाकबाट आउने छ।

फेसन मास्कको

विद्यार्थीहरुले बनाएका ७९ डिजाइनहरू मोडलले ३० गते काठमाडौंको सोल्टी होटलमा र्‍याम्प वाक गर्नेछन् । यो समयमा विद्यार्थीले बनाएको मास्क फेसेनेबल हुनुको साथसाथै यी डिजाइनले राम्रो बजार पाउने विश्वास कलेजकी प्रिन्सिपल ज्ञानीशोभा तुलाधरको छ । कोरोनाको समयमा अनिवार्य बनेको बनेको फेस र सर्जिकल मास्क एकै किसिमको लाउँदा मान्छेलाई अल्छी लाग्न सक्दछ त्यसैले फेसनमा पनि विभिन्न किसिमका ग्ल्यामरस मास्कको प्रयोग गरिएको तुलाधर बताउँछिन् । 'फेसन पनि भयो र जनचेतना पनि जगाउँछ भन्ने विश्वास छ मलाई,' पन्ध्रौं ब्याचकी पूजा न्यौपाने सुनाउँछिन् । यो ब्याचका ग्र्याजुएसन विद्यार्थीले आगामी सोमबार होटल सोल्टीमा आफ्नो फेसन सो प्रस्तुत गर्नेछन् ।


प्रकाशित : चैत्र २६, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?