आन्दोलनको संस्कृति


तिम्रो जिब्रोले नै चाख्नुपर्ने भए
म भोजमा आउँदिनँ
तिम्रो ओठबाट मैले गाउनुपर्ने भए
म रंगमञ्चमा आउँदिनँ
के सम्भव छ अरूको हृदयमार्फत
आफ्नो प्रेमको अनुभूति ?
तिम्रै मस्तिष्कले मात्र नाप्नुपर्ने भए
म त अब त्यस्तो क्रान्तिमा पनि आउँदिनँ !

आफ्नो समयको गुरुतर जिम्मेवारी अर्थात् प्रतिगमनको विरोध र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन प्रयत्न गरिरहेको बृहत् नागरिक आन्दोलनले गत हप्ता काठमाडौंको प्रदर्शनमा एउटा रूपक प्रस्तुत गर्यो । त्यस रूपकमा कलाकारहरूलाई परम्परागत हिन्दु उच्चजातीय चोखा मलामीको ढाँचामा सजाइएको थियो । उनीहरूमध्ये धेरैले कटीमाथिको नांगो शरीरमा जनै भिरेका थिए । जनैको प्रदर्शन र अग्रगामी आन्दोलन † नेपाली समाजको अग्रगामी यात्रासँग छेउटुप्पो नमिल्ने जनै–रूपक देखेर यो पंक्तिकारलाई डर लाग्यो । त्यही वैचारिक डरलाई सामाजिक सञ्जालमा व्यक्त गरियो । सबैले अनुभव गरेकै कुरा हो— सामाजिक सञ्जालमा प्रस्तुत गरिने तातो विचारमाथि प्राय: पाँच प्रकारका टिप्पणी आउँछन् ।
पूरा लेख पढ्नका लागि : आन्दोलनको संस्कृति
प्रकाशित : फाल्गुन ९, २०७७ १८:४५