३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

यसरी बनाइन्छ घोंघी

काठमाडौँ — नेपालको थारु समुदाय संस्कृतिमा जति धनी छ त्यतिनै यो समुदायको खानाहरु पनि उतिनै लोकप्रिय छन् । घोंघी थारु समुदायको मौलिक परिकार हो । घोंघी पानीमा पाइने एक जातिको शंखेकिरा हो । स्वास्थ्यको हिसाबले यो खाँदा फाइदाजनक मानिन्छ । भनिन्छ पानीमा पाइने शंखेकीरामा ५७.७ प्रतिशत प्रोटिनको मात्रा हुन्छ । माघीमा घोंघीले विशेष महत्व राखेतापनि तराइतिर धान बाली लगाउने मौसममा यसको विशेष प्रयोग हुन्छ । यो मौसममा तराइमा मानिसहरु ताल-तलाउमा घोंघी खोज्न लागि पर्दछन् ।

यसरी बनाइन्छ घोंघी

घोंघीको खाना गर्नाले रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढ्नुको साथसाथै हड्डी बलियो हुने र सुत्केरी महिलालाई प्रोटिनको मात्रा धेरै बनाउने जनविश्वास छ । घोंघी हिलोमा बस्ने किरा भएकाले यसलाई एक दिनसम्म पानीमा भिजाउनु पर्दछ । धेरैचोटी पानीले पखालेपछि मात्रै यसलाई मरमसला हालेर तरकारी जसरी पकाउनु पर्छ । हेरौं घोंघी बनाउने रेसिपी :

प्रकाशित : माघ १, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?