‘हामीलाई आफ्नै सपनाले तर्साउँछन्’

दाङ — कुनै बेला आफू संलग्न माओवादी सशस्त्र द्वन्द्व अहिले कस्तो लाग्छ ? घाइते र अपांगता भएका माओवादी लडाकु भन्छन्, ‘नेताहरुले सपना देखाए, हामी ज्यानको मतलब नगरी लड्यौं, अहिले हामीलाई तिनै सपनाले तर्साउँछन् ।’

‘हामीलाई आफ्नै सपनाले तर्साउँछन्’

छेउमै पातुखोला गडगडाउँदै बग्छ । वर्षायाम सुरु भो कि कतिबेला खोलामा परिएला भन्ने पिरलो । स्वर्णिमकुमार बाँठा त्यही खोला किनारमा बसेर विगत सम्झन्छन् र अहिलेको आफ्नै जीवनसँग दाँज्छन् । कुनै बेला छातीमा गोली थाप्न तयार हुने उनको ज्यान अहिले पानी पर्दा डराउँछ ।

सशस्त्र द्वन्द्वमा दुवै आँखाको ज्योति गुमाएका सल्यानका लालबहादुर वली यसको कारण छ, माओवादीको दशक लामो विद्रोहको भुक्तमान बेहोरेका पात्र हुन् उनी । घर, परिवार छाडेर होमिएका बाँठासँग विद्रोह समाप्तिपछि आफ्नो भन्ने केही बाँकी रहेन ।

द्वन्द्व सकिँदा नसकिँदै नेताहरू सहर छिरेर ठूलठूला पदमा पुगिसकेका थिए तर उनीसँग साथीभाइ थिए न त आफन्त । शान्ति प्रक्रियाका नाममा ६ वर्ष क्यान्टोनमेन्ट (लडाकु शिविर) मा बसे । त्यहाँबाट बाहिरिँदा बुझेको ५ लाख र त्यसमा श्रीमतीको ५ लाख रुपैयाँसमेत थपेर पातुखोला किनारमा घडेरी किने ।

ऐलानी जग्गा भएकाले धनीमा उनको नाम हुँदैनथ्यो । त्यहीँ एक तलाको घर बनाए । अहिले पनि जब पातुखोला गडगडाउँछ, उनका मनमा त्यसै त्यसै ढ्यांग्रो ठोक्न थाल्छ ।

प्रकाशित : पुस २१, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?