योमरी बनाउने तरिका

काठमाडौँ — नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। आज देशभरी योमरी पुन्ही मनाइँदैछ । योमरी नेवार समुदायको विशेष खानामा परेतापनि पछिल्लो समय यो परिकार उपत्यकामा सबै सामु प्रचलित छ ।चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार योमरी हो । जाडोमा मास र चाकुलगायतका खानेकुराले शरीरमा ताप बढाउने भएकालेपनि यो पूर्णिमा मनाउने गरिएको हो ।

योमरी बनाउने तरिका

योमरी बनाउनका लागि चामललाई पिठोमा परिणत गरिन्छ, त्यसमा घिउ हालेर तातोपानीले मुछिन्छ। योमरी विशेषतया खुवा र चाकुको बन्दछ, चाकुलाई दुधमा उमालिन्छ।मुछिएको पिठोलाई डल्ला बनाउन सुरु गरिन्छ र डल्लालाई चोर औंलाले छेडेर शंखाकारमा परिणत गरिन्छ । औंला गुमाउदै जाँदा पिठो पातलिँदै जान्छ र त्यसमा उमालेको चाकु राखिन्छ ।यसरी मुछिएको पिठोलाई आफू अनुकुल आकार दिइन्छ र त्यसपश्चात तयार भएको यो योमरीलाई ममको भाँडामा वास्फिकरण गरिन्छ । विस्तृत जानकारी माथि दिइएको भिडियोमा प्रस्तुत गरिएको छ ।

प्रकाशित : पुस १५, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?