प्रतिनिधिसभा विघटनविरुद्ध डम्फूसहित नागरिक आन्दोलन- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनविरुद्ध डम्फूसहित नागरिक आन्दोलन

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ साेमबार पनि प्रदर्शन गरेकाे छ । समूहकाे साताव्यापी विराेध कार्यक्रम स्वरुप माइतीघरमा साेमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियाे ।

बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियाे । बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गर्दै विराेधका कार्यक्रमहरुको घोषणा गरेको हो ।

प्रकाशित : पुस १३, २०७७ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न कोइरालाको आग्रह

नारायण शर्मा

नवलपरासी — कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति समेत तोकिसकेकाले कांग्रेसले निर्वाचनलाई स्वीकारेर जानपर्ने बताए । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनलाई आत्मसाथ गर्दै मतदाताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिए ।

नेपाली कांग्रेस पूर्वीनवलपरासीद्वारा सोमबार गैंडाकोटमा आयोजित सभामा बोल्दै कांग्रेस महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशंका व्यक्त गर्दै निर्वाचन गराउन कांग्रेसले दबाब सिर्जना गर्न सडक आन्दोलन र मतदाता जागरुक अभियान सुरु गरेको चर्चा गरे ।

कोइरालाले प्रधानमन्त्री ओलीले सत्तामा बसेर भ्रष्टाचार बढाउने बाहेक कुनै परिवर्तनका लागि काम गर्न नसकेको आरोप लगाए । ‘प्रधानमन्त्रीले सत्ता बस्ने बाहेक देश परिवर्तनका लागि कुनै काम गरेनन् ।,’ कोइरालाले भने । निर्मला बलात्कार काण्डका अभियुक्तलाई कारबाही गर्न समेत नसकेको भन्दै उनले सरकारको आलोचना गरे । कोइरालाले कोरोना नियन्त्रण गर्न पर्ने समयमा सरकारले भ्रष्टाचार बढाउने काम मात्र गरेको बताए ।

कांग्रेस पूर्वी नवलपरासीले सोमबार गैंडाकोट र चोरमारामा संसद् विघटनविरुद्ध सरकारको आलोचना गर्दै विरोध सभा सम्पन्न गरेको हो ।

प्रकाशित : पुस १३, २०७७ १६:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×