के कांग्रेस जाग्न लागेको हो त ? [भिडियो]

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको कुराकानी

संसदीय प्रणालीमा संसद् प्रतिपक्षको मानिन्छ । गत असार १८ गते सरकारले ‘हठात्’ संसद् अन्त्य गरेपछि अहिलेसम्म बैठक बोलाइएको छैन। सत्ताको तालाचाबी नेकपाको हातमा छ, सडक राजावादीहरुले लिन थालेका छन् । सरकारका कमी–कमजोरी र अकर्मण्यतालाई लिएर नेकपाभित्रै चर्को अन्तरसंघर्ष छ ।

के कांग्रेस जाग्न लागेको हो त ? [भिडियो]

एक प्रकारले प्रतिपक्षको भूमिकासमेत उसैले निभाइरहेको छ । प्रमुख प्रतिपक्ष कांग्रेस भने यतिबेला न सडकमा छ न त संसद्‍मा ।

केही दिनअघिसम्म उसको उपस्थिति कतै थिएन । गत बुधबार तनहुँमा भएको घटनापछि भने एकाएक केही जुर्मुराएजस्तो देखिन्छ ।

दमौलीनजिकै पुल उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा गिरफ्तार गरेपछि देशभर स्वतःस्फूर्त विरोध भयो । मंसिर २९ गते देशभर विरोध प्रदर्शनको घोषणा कांग्रेसले गरेको छ ।

के कांग्रेस अब जाग्न लागेको हो त ? यी र यस्तै प्रश्नमाथि केन्द्रित रहेर नेता रामचन्द्र पौडेलसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :

प्रकाशित : मंसिर २४, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?